• ON AIR
  • स्टेशन सुभारम्भ

प्रचण्डको जोडः न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाका लागि अन्तर्राष्ट्रिय ऐक्यबद्धता अपरिहार्य

१ मंसिर २०८३, मंगलवार
रामेछाप– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले विश्व इतिहास अहिले संवेदनशील र निर्णायक मोडमा पुगेको उल्लेख गर्दै बढ्दो भूराजनीतिक तनाव, आर्थिक असमानता र वातावरणीय चुनौतीको सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । रुसको राजधानी मस्कोमा आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि अन्तर्राष्ट्रिय आन्दोलन’को साधारण सभालाई सम्बोधन गर्दै दाहालले विश्व समुदायले साझा चुनौतीको सामना गर्न आपसी सहकार्य, समझदारी र एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेका हुन् । उनले कुनै पनि राष्ट्रको राजनीतिक स्वतन्त्रता त्यसको आर्थिक स्वाधीनतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै आफ्नै आर्थिक नीति निर्माण र विकासका प्राथमिकता निर्धारण गर्ने अधिकार सुनिश्चित नभएसम्म वास्तविक राष्ट्रिय स्वतन्त्रता स्थापित हुन नसक्ने बताए ।
दाहालले प्रत्येक राष्ट्रलाई बाह्य हस्तक्षेपबिना आफ्नो राजनीतिक, आर्थिक तथा विकासको मार्ग आफैँ तय गर्ने मौलिक अधिकार रहेको उल्लेख गरे । राष्ट्रहरूको सार्वभौमसत्ता, समानता र स्वतन्त्र निर्णय क्षमताको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले विश्व व्यवस्थालाई थप न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक बनाउनुपर्ने धारणा व्यक्त गरे । उनका अनुसार सार्वभौम समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाको विकास आजको अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण आवश्यकता हो । कुनै पनि राष्ट्रमाथि बाह्य दबाब र हस्तक्षेप थोपर्ने प्रवृत्तिले विश्व शान्ति, स्थायित्व र सहकार्यमा नकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो ।
सत्तारुढ रुसी राजनीतिक दल युनाइटेड रसियाद्वारा आयोजित उक्त कार्यक्रममा आयोजक दलका संयोजक भी याकुसेभले अवधारणापत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समेत लिखित सम्बोधन पठाएका थिए । सभामा चीन, भारत, अफ्रिका, अमेरिका र युरोपलगायत विश्वका ७६ देशका ४८० प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ । विभिन्न देशका राजनीतिक दल, प्रतिनिधि तथा अन्तर्राष्ट्रिय सरोकारवालाको सहभागिता रहेको सभामा राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, विश्व राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय सहकार्यका विषयमा छलफल भइरहेको छ । विश्व शक्ति सन्तुलनमा देखिएको परिवर्तन, क्षेत्रीय द्वन्द्व र आर्थिक चुनौतीका बीच आयोजित सभालाई सम्बोधन गर्दै दाहालले राष्ट्रिय स्वाधीनता र विश्वव्यापी ऐक्यबद्धताको महत्वलाई विशेष रूपमा उठाएका हुन् ।

प्रतिकृया दिनुहोस

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

२० कार्तिक २०८३, शुक्रवार रामेछाप– नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी

प्रहरी नेतृत्वमा फेरबदलः मनोज केसी नयाँ आईजीपी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

१८ कार्तिक २०८३, वुधवार रामेछाप– सरकारले नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा अप्रत्याशित फेरबदल गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ

४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा

↑