• ON AIR

यसवर्षको तिहार शुरु, आज धनतेरस र यमदीपदान

२० कार्तिक २०८३, शुक्रवार
रामेछाप– नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ ।  तिहारको पहिलो दिन आज धनतेरस र यमदीपदान मनाइँदैछ । विशेषगरी मधेशको प्राचीन मिथिला क्षेत्रमा धनतेरस मनाइन्छ  । पछिल्ला केही वर्षयता काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि धनतेरस मनाउने चलन शुरु भएको छ । धनतेरसमा बेलुकी घरघरमा दीपमालिका गरी धातुका नयाँ भाँडाकुँडा तथा गरगहना किनेर पूजा गर्ने परम्परा छ । आज धनतेरससँगै यमदीपदान गरिन्छ । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भोलि शनिबार परेको छ । पर्सि २२ गते नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक २३ गते गाईपूजा गरिनेछ भने कात्तिक २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटमा उत्तम छ । 

प्रतिकृया दिनुहोस

प्रहरी नेतृत्वमा फेरबदलः मनोज केसी नयाँ आईजीपी नियुक्त, दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार

१८ कार्तिक २०८३, वुधवार रामेछाप– सरकारले नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा अप्रत्याशित फेरबदल गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज

बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ

४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य

↑