• ON AIR
  • स्टेशन सुभारम्भ

पर्यटन प्रवद्र्धनमा सुनापतिको छलाङ, मङ्सिर २५ देखि तीनदिने महोत्सव हुँदै

१ मंसिर २०८३, मंगलवार
रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन, कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुनापति भ्रमण वर्ष २०८३’ अन्तर्गत तीनदिने महोत्सव आयोजना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार आगामी मङ्सिर २५ देखि २७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । अध्यक्ष तामाङले मङ्सिर २५ गते महोत्सवको औपचारिक उद्घाटन गरिने जानकारी दिँदै उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्रीलाई आमन्त्रण गर्ने तयारी भइरहेको बताउनुभयो। महोत्सवको उद्घाटन बौद्ध धर्मगुरु १०८ लहरे मानेका साल्भो रेम्बोर्जेबाट हुने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो ।
महोत्सव अवधिभर स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न स्टल राखिनेछन् । स्टलमा स्थानीयस्तरमा उत्पादित थाङ्का, गलैँचा, मकै, भटमास, गुन्द्रुक, सिस्नु लगायतका रैथाने तथा अर्गानिक उत्पादन प्रदर्शनीमा राखिने अध्यक्ष तामाङले बताउनुभयो । यसले स्थानीय उत्पादनको बजारीकरणसँगै गाउँपालिकाको मौलिक पहिचान र आर्थिक गतिविधि प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ। दोस्रो दिन मङ्सिर २६ गते गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो। अन्तिम दिन मङ्सिर २७ गते तीनदिने धार्मिक पाठपूजा तथा अनुष्ठान सम्पन्न भएपछि बौद्ध धर्मगुरु छ्योगी निमा रेम्बोर्जेबाट विधिपूर्वक वाङ प्रदान गरी महोत्सवको समापन गरिने उहाँले बताउनुभयो । अध्यक्ष तामाङका अनुसार सुनापति गाउँपालिकामा पर्यटन विकासका लागि पर्याप्त सम्भावना रहे पनि अपेक्षित रूपमा प्रचारप्रसार हुन सकेको छैन । काठमाडौँबाट नजिक रहेको सुनापतिका करिब दुई हजार तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका पर्यटकीय क्षेत्रबाट शैलुङ, माथुर तथा सुनकोसी क्षेत्रको मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले यस क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ ।
‘विकास भनेको सडक खन्ने, बत्ती बाल्ने र कृषि तथा पशुपालनमा मात्रै सीमित हुँदैन, पर्यटन पनि समृद्धिको महत्त्वपूर्ण आधार हो भन्ने बुझेर हामीले भ्रमण वर्षको अवधारणा अघि बढाएका हौँ,’ अध्यक्ष तामाङले भन्नुभयो । उहाँले सुनापतिको प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई एकीकृत रूपमा प्रवद्र्धन गर्दै गाउँपालिकालाई स्थापित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो । गाउँपालिकाले भ्रमण वर्षमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्नुका साथै स्थानीय रोजगारी, उद्यमशीलता र आर्थिक समृद्धिको आधार तयार हुने अपेक्षा गरेको छ ।

 

प्रतिकृया दिनुहोस

अवैध रूपमा ढुङ्गा लोड गरिरहेको ट्याक्टर नियन्त्रणमा, १५ हजार जरिवाना

१ मंसिर २०८३, मंगलवार रामेछाप–  जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको एक ट्याक्टरलाई नियन्त्रणमा लिई

रामेछाप अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा प्रभावकारी, दुई दिनमै पाँच बिरामीको सफल शल्यक्रिया

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछाप अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा निरन्तर सञ्चालन भइरहेको छ । अस्पतालले पछिल्लो पटक दुई दिनको

रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गर्ने दुई ट्याक्टर कारबाहीमा

३० कार्तिक २०८३, सोमवार  रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकास्थित सित्खा खोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेका दुईवटा

↑