• ON AIRतिफदी समाचार
  • राष्ट्रिय गितहरु

रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने विशेष जागरण अभियान उद्घाटन

२८ कार्तिक २०८३, शनिवार
रामेछाप–  नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा जनताका समस्या र आवाजलाई सम्बोधन गर्ने उद्देश्यसहित रामेछापमा दुई महिने विशेष जागरण अभियान औपचारिक रूपमा सुरु गरेको छ ।
 नेपाली कम्युनिष्ट पार्टीका संस्थापक सदस्य तथा केन्द्रीय सदस्य देवशंकर पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठलगायत पार्टीका केन्द्रीय, जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताको उपस्थितिमा अभियानको उद्घाटन गरिएको हो । अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तह, वडा तथा बस्तीस्तरसम्म पुगेर पार्टीका नीति, विचार, सिद्धान्त र कार्यक्रमबारे नागरिकलाई जानकारी गराइने जनाइएको छ । साथै स्थानीय नागरिकका दैनिक समस्या, विकास निर्माणका आवश्यकता, जनगुनासा र सुझाव संकलन गरी तिनको सम्बोधनका लागि आवश्यक पहल गरिने पार्टीले जनाएको छ । 
उद्घाटन कार्यक्रममा बोल्दै पार्टीका संस्थापक सदस्य तथा केन्द्रीय सदस्य देवशंकर पौडेलले संगठन निर्माणको आधार जनता भएकाले पार्टी जनताका सुखदुःखसँग जोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले अभियानले पार्टी संगठनलाई स्थानीय तहसम्म थप व्यवस्थित र सक्रिय बनाउने, निष्क्रिय रहेका संगठनात्मक संरचनालाई चलायमान बनाउने तथा नेता, कार्यकर्ता र आम नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउने लक्ष्य राखेको उहाँले बताउनुभयो । विशेषगरी जनताका घरदैलोसम्म पुगेर उनीहरूका वास्तविक समस्या बुझ्ने र पार्टीका गतिविधिलाई जनतासँग जोड्ने अभियानको मुख्य कार्यदिशा रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठले अभियानलाई जिल्लाभर प्रभावकारी रूपमा सञ्चालन गर्न नेता तथा कार्यकर्तालाई परिचालन गरिने बताउनुभयो । पार्टीले अभियानका क्रममा स्थानीय स्तरमा देखिएका सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधार तथा विकास निर्माणसम्बन्धी समस्यालाई प्राथमिकताका साथ उठाउने उहाँको भनाइ रहेको थियो । नागरिकसँग प्रत्यक्ष भेटघाट, छलफल तथा अन्तरक्रियामार्फत जनताको अपेक्षा र आवश्यकताबारे जानकारी लिने कार्यक्रमसमेत सञ्चालन गरिने उहाँले बताउनुभयो । दुई महिने अभियानलाई आगामी दिनमा पार्टीको संगठनात्मक अवस्था समीक्षा गर्ने, स्थानीय कमिटीहरूलाई सक्रिय बनाउने र जनतासँगको सम्बन्धको मूल्याङ्कन गर्ने अवसरका रूपमा पनि हेरिएको उहाँको भनाई छ ।  अभियानबाट प्राप्त सुझाव तथा अनुभवका आधारमा जिल्लामा पार्टीका आगामी राजनीतिक तथा संगठनात्मक गतिविधि तय गरिने कार्यक्रममा नेताहरूले बताएका थिए । 
यसैबीच, अभियानलाई आगामी स्थानीय तहको निर्वाचनसँग जोडेर पनि पार्टीले संगठनात्मक तयारी अघि बढाउने संकेत गरेको छ । स्थानीय तहमा पार्टीको उपस्थिति विस्तार, कार्यकर्ता परिचालन र जनताका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिक गतिविधि सञ्चालन गर्ने नेताहरूको भनाइ छ । जिल्लाका विभिन्न क्षेत्र र वडामा चरणबद्ध रूपमा सञ्चालन हुने अभियानले पार्टीको संगठनात्मक गतिविधि र जनसम्बन्ध विस्तारमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आगामी दिनमा यसको कार्यान्वयन र जनताको सहभागिताले निर्धारण गर्नेछ ।

 

प्रतिकृया दिनुहोस

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छः जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ

२९ कार्तिक २०८३, आइतवार  रामेछाप– नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढ्ने बाटो खुल्यो, ३ करोड विनियोजन

२९ कार्तिक २०८३, आइतवार रामेछाप– रामेछापको ऊर्जा, कृषि, पर्यटन तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको एक हजार २१६ मेगावाट क्षमताको

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

↑