दसैँ सुरक्षा अभियानः रामेछापमा १५२ सवारीसाधन कारबाहीमा, १ लाख ६५ हजार राजस्व संकलन
१७ कार्तिक २०८३, मंगलवार
रामेछाप– दसैँ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा नियमविपरीत सञ्चालन भएका १५२ वटा सवारीसाधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको कारबाहीबाट रु एक लाख ६५ हजार राजस्व संकलन भएको छ । चाडपर्वका समयमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण, यात्रुको सुरक्षा सुनिश्चितता तथा सार्वजनिक यातायातमा हुने अनियमितता र ठगी नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत अभियानका क्रममा भएका गतिविधि र उपलब्धिबारे जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवारका अनुसार दसैँ अवधिमा यात्रुको आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन जिल्लाका चार प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको थियो । देवकोटा चोक, सेलेघाट, खिम्ती र सित्खा बजारमा स्थापना गरिएका सहायता कक्षमार्फत यात्रुलाई आवश्यक सहयोग तथा सहजीकरण गरिएको थियो । प्रहरीको अनुगमनका क्रममा लागूपदार्थ तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने, तोकिएकोभन्दा बढी भाडा असुल गर्ने र सवारीसाधनको क्षमताभन्दा बढी यात्रु बोक्ने कार्यमा संलग्न चालक तथा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ । अभियानका क्रममा लागूपदार्थ सेवन गरी सवारी चलाउने दुई र मादक पदार्थ सेवन गरी सवारी चलाउने चार चालकसमेत कारबाहीमा परेका छन् ।
दसैँ मनाउन विभिन्न नाका हुँदै २८ हजार ४०४ जना यात्रु रामेछाप भित्रिएका छन् भने २३ हजार ५६७ जना जिल्ला बाहिरिएका छन्। यसैगरी सो अवधिमा चार हजार १२० वटा सवारीसाधन जिल्ला भित्रिँदा तीन हजार ७९५ वटा सवारीसाधन बाहिरिएका छन् । चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरीले जिल्लाका ११ स्थानमा बजार अनुगमनसमेत गरेको थियो । दसैँ अवधिमा चोरी, झैझगडा तथा जुवातास खेलेको अभियोगमा १५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये १० जनाविरुद्ध सम्बन्धित कसुरमा मुद्दा दर्ता गरिएको छ ।
चाडपर्वको समयमा यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा विभिन्न प्रकारका अनियमितता हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको अभियानले सवारी अनुशासन कायम गर्न तथा शान्तिसुरक्षा व्यवस्थापनमा सहयोग पुगेको प्रहरीको भनाइ छ ।
रामेछापका साढे नौ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
१७ कार्तिक २०८३, मंगलवार रामेछाप– बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा भिटामिन ‘ए’
रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ८० हजार पुरस्कार
१७ कार्तिक २०८३, मंगलवार रामेछाप– खेलकुदको माध्यमबाट युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले रामेछाप
श्रमदानबाट विकास निर्माणमा जुटे भुजीवासी, बालमैत्री वडा घोषणाको तयारी
१६ कार्तिक २०८३, सोमवार रामेछाप– सीमित सरकारी बजेटका कारण विकास निर्माणका काम प्रभावित नहोऊन् भन्ने उद्देश्यसहित रामेछापको उमाकुण्ड

प्रतिकृया दिनुहोस