बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त
४ भदौ २०८३, बिहिवार
रामेछाप– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य थापामगरलाई बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री थापामगरको पद तथा गोपनीयताको शपथको तयारी भइरहेको छ । थापामगरले बुधबार नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यसहित ६३ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । राप्रपाले समर्थन जनाएपछि एमाले नेतृत्वमा नयाँ सरकार गठनको बहुमत जुटेको हो । मुख्यमन्त्रीको शपथलगत्तै प्रारम्भिक मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत गरिएको छ ।
नयाँ सरकारले बागमतीमा मन्त्रालयको संख्या घटाएर आठ कायम गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको सहमति पनि जुटिसकेको छ । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । त्यसपछि थापामगरले एमाले, नेकपा र राप्रपाका सांसदको समर्थनसहित सरकार गठनको दाबी पेस गरेका हुन् ।
थापामगर मुख्यमन्त्री नियुक्त भएसँगै बागमतीमा नयाँ सत्ता समीकरण औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । नयाँ सरकारले मन्त्रालयको पुनर्संरचना, सत्ता साझेदार दलबीच जिम्मेवारी बाँडफाँट र प्रदेश सरकार सञ्चालनलाई प्राथमिकतामा राख्ने तयारी गरेको छ ।
बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ
४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा
कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...
हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल
सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर

प्रतिकृया दिनुहोस