• ON AIRतिफदी समाचार
  • साझा खवर (CIN)

रामेछापमा दुई महिने जागरण अभियानलाई व्यापक बनाउने नेकपाको तयारी, केन्द्रीय सदस्यहरूबीच छलफल

१९ कार्तिक २०८३, बिहिवार
रामेछाप– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रामेछापले पार्टीको संगठनात्मक अवस्था सुदृढ गर्दै जनतासँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गर्न लागेको दुई महिने जागरण अभियानलाई प्रभावकारी बनाउने तयारी थालेको छ । अभियानलाई जिल्लाका सबै स्थानीय तह र वडासम्म विस्तार गर्ने लक्ष्यसहित पार्टीका उपलब्ध केन्द्रीय सदस्यहरूबीच छलफल गरिएको छ । वुधवार सम्पन्न जिल्ला उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले अभियानलाई व्यवस्थित, परिणाममुखी र जनताका वास्तविक समस्यासँग जोडेर अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको छ । बैठकमा अभियानको कार्यदिशा, संगठन परिचालन, स्थानीय तहसम्मको समन्वय तथा नेता–कार्यकर्ताको सक्रिय सहभागिताका विषयमा विस्तृत छलफल भएको जनाइएको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज एवं पूर्व गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेल, केन्द्रीय सदस्य एवं जनस्वयंसेवा विभाग प्रमुख जितेन्द्र दाहाल, बागमती प्रदेशसभा सदस्य तथा केन्द्रीय सदस्य युवराज चौलागाईं र बागमती प्रदेश आईटी प्रमुख एवं केन्द्रीय सदस्य पवन कार्कीलगायत नेताहरू सहभागी थिए ।
त्यसैगरी केन्द्रीय सदस्यहरू मेघराज तामाङ, विष्णुप्रसाद काफ्ले, रमेशबाबु श्रेष्ठ, तारानारायण श्रेष्ठ, गौरी बस्नेत, सुनिता गौतम, हिमाली गोले, भक्तबहादुर थापा (अपिल), कर्णखर चौलागाईं, प्रेमकुमार कार्की (सेवक) तथा जिल्ला संयोजक लालसिंह तामाङको पनि उपस्थिति रहेको थियो । बैठकमा दुई महिने अभियानलाई केवल संगठनात्मक कार्यक्रमका रूपमा सीमित नराखी जनताका समस्या, गुनासा र अपेक्षा बुझ्ने तथा तिनको सम्बोधनका लागि पहल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने विषयमा जोड दिइएको छ । गाउँबस्ती तथा टोलस्तरसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, स्थानीय आवश्यकता पहिचान गर्ने र पार्टीका नीति, विचार तथा कार्यक्रमबारे जानकारी गराउने योजना अघि सारिएको छ ।
अभियानमार्फत पार्टीको संगठन विस्तार, नेता तथा कार्यकर्ताको जिम्मेवारी र सक्रियता अभिवृद्धि तथा जनस्तरमा पार्टीप्रतिको सम्बन्ध सुदृढ बनाउने लक्ष्य राखिएको छ। यसका लागि जिल्ला, स्थानीय तह र वडा तहका संगठनबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको छ । नेपाली कम्युनिस्ट पार्टी रामेछापले दुई महिने जागरण अभियानलाई जिल्लामा संगठनात्मक सक्रियता बढाउने र जनताका मुद्दालाई पार्टीको प्राथमिकतामा स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा अघि बढाउने तयारी गरेको छ ।

 

प्रतिकृया दिनुहोस

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

तीन दिनको निरन्तर प्रयासपछि सुनापतिको तल्लो सडक पुनः सञ्चालनमा आउँदै

१९ कार्तिक २०८३, बिहिवार रामेछाप– लगातारको भारी वर्षा, पहिरो र भौगोलिक विकटताका कारण अवरुद्ध बनेको रामेछापको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित

↑