रामेछाप कप–२०८३ सुरु, खेलकुद मार्फत जिल्लाको पहिचान राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य
२५ असोज २०८३, आइतवार
रामेछाप– दीपशिखा ब्वाइज युनाइटेड क्लबको आयोजनामा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठले गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले दीपशिखा ब्वाइज युनाइटेड क्लबले स्थानीयस्तरबाट सुरु गरेको प्रतियोगितालाई राष्ट्रियस्तरका खेलाडीसमेत सहभागी हुने स्तरमा पु¥याउनु जिल्लाका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले प्रतियोगिताले रामेछापको पहिचान, प्रतिष्ठा र खेलकुद विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउनुका साथै अनुशासन, सहकार्य, आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उहाँको भनाइ थियो । खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने, अनुभव हासिल गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने अवसर प्रदान गर्न प्रतियोगिता महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
सांसद श्रेष्ठले प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिनमा अझ व्यवस्थित र उच्चस्तरको बनाउन आयोजकलाई आग्रह गर्नुभयो । देशका विभिन्न स्थानबाट खेलाडी सहभागी हुनु र सञ्चारमाध्यमले प्रतियोगिताको प्रचारप्रसार गर्नुले रामेछापको खेलकुद क्षेत्रलाई थप चिनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले खेलका नियम, पद्धति र प्रतिस्पर्धाका स्वरूप समयअनुसार परिवर्तन हुँदै गएकाले आयोजकले पनि खेलको गुणस्तर, व्यवस्थापन र खेलाडीको सहभागितालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले खेलकुद स्वस्थ जीवनशैली, अनुशासन र सकारात्मक सोच विकास गर्ने महत्त्वपूर्ण माध्यम भएको बताउनुभयो । खेलकुदले व्यक्तित्व विकाससँगै सामाजिक सद्भाव, नेतृत्व क्षमता र आपसी सहकार्यलाई बलियो बनाउने उहाँको भनाइ थियो । नगरप्रमुख श्रेष्ठले खेलाडीले आफ्नो प्रतिभामार्फत जिल्ला, प्रदेश, देश तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न सक्ने उल्लेख गर्दै प्रतियोगितामा सहभागी सबै खेलाडीलाई सफलताको शुभकामना दिनुभयो । उहाँले प्रतियोगितालाई सद्भावपूर्ण, संयमित र निष्पक्ष ढङ्गले सञ्चालन गर्न आयोजकलाई आग्रह गर्दै मन्थली नगरपालिकाको तर्फबाट आवश्यक सहयोग र शुभेच्छा व्यक्त गर्नुभयो ।
खेलकुदलाई स्वस्थ नागरिक निर्माण, युवाको क्षमता विकास र राष्ट्रको प्रतिष्ठा अभिवृद्धिसँग जोड्दै आयोजना गरिएको प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै रामेछापको खेलकुद गतिविधिलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै
२५ असोज २०८३, आइतवार रामेछाप— नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँ आजदेखि विधिवत् सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन
डहु माविको शैक्षिक पहिचान राष्ट्रियस्तरमा, प्रधानाध्यापक बल उत्कृष्ट सातमा, प्रदेशमा पहिलो
२५ असोज २०८३, आइतवार रामेछाप– प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले रामेछापको सुनापति गाउँपालिकास्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक
रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित

प्रतिकृया दिनुहोस