• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप नगरपालिका-१ का वडाध्यक्ष खत्रीद्वारा राजीनामा

२१ असोज २०८३, बुधबार 
​रामेछाप— रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । ​नगरपालिकाको समग्र कार्यशैली, निर्णय प्रक्रिया र वडाप्रति गरिएको व्यवहारका कारण जनप्रतिनिधिको रूपमा काम गर्ने वातावरण असहज बनेको उल्लेख गर्दै उनले नगर प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् ।  
​खत्रीले राजीनामा पत्रमा वडाको आवश्यकता र स्थानीय समस्यालाई प्राथमिकता दिनुपर्नेमा बहुमत र अल्पमतका आधारमा व्यवहार भएको तथा जायज माग र विकास निर्माणका विषयमा समान दृष्टिकोण कायम हुन नसकेको गुनासो गरेका छन् । जनताको हितभन्दा व्यक्तिगत असहमति, पूर्वाग्रह र आन्तरिक मतभेदले प्रश्रय पाउँदा निर्वाचित प्रतिबद्धता पूरा गर्न कठिनाइ भएको उनको भनाइ छ ।  
​काम गर्ने आवश्यक वातावरण, सहकार्य र संस्थागत समन्वय अभावका बीच पदमा निरन्तर रहिरहनु वडावासीप्रतिको जिम्मेवारीसँग न्याय नहुने निष्कर्षका साथ नेपालको संविधान र प्रचलित कानूनबमोजिम आजकै मितिदेखि लागू हुने गरी पदत्याग गरेको खत्रीले जनाएका छन् । 
​पदबाट अलग भए पनि स्थानीय विकास, सुशासन र सामाजिक न्यायको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दै उनले राजीनामा स्वीकृतिका लागि कानूनी प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् । राजीनामाको बोधार्थ उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडा कार्यालयलाई दिइएको छ ।  

प्रतिकृया दिनुहोस

बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने

२१ असोज २०८३, बुधवार रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ ।

बेरुजु शून्यदेखि पर्यटन प्रवद्र्धनसम्मः सुनापतीमा प्रशासनिक सुधार र विकासको नयाँ अभ्यास

२१ असोज २०८३, बुधवार रामेछाप– सुनापती गाउँपालिकाले आर्थिक सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा सेवा प्रवाहलाई

कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा रामेछापमा एक जनाको मृत्यु

२० असोज २०८३, मंगलवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु

↑