घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखिँदै
२५ असोज २०८३, आइतवार
रामेछाप— नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादशैँ आजदेखि विधिवत् सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घरघरमा जमरा राखेसँगै दुर्गा भवानीको आराधना र नवरात्र पर्वको शुभारम्भ भएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ । घटस्थापनाका अवसरमा घरका पूजा कोठा तथा दशैँघरमा दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिअनुसार देवी दुर्गाको आह्वान तथा पूजा आरम्भ गरिन्छ ।
घटस्थापनाका दिन बिहान नित्यकर्म पूरा गरी नदी वा अन्य पवित्र स्थलबाट बालुवा अथवा माटो ल्याएर शुद्ध स्थानमा जमरा राख्ने परम्परा छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँघरमा विधिपूर्वक माटो राखेर त्यसमाथि जौ रोपिन्छ । यही जौको अङ्कुरलाई जमरा भनिन्छ । धार्मिक मान्यताअनुसार जमरा शक्ति, समृद्धि, शुभता र सुस्वास्थ्यको प्रतीक मानिन्छ । शरद ऋतुको आगमनसँगै मनाइने बडादशैँ नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक पुनर्मिलन र सांस्कृतिक एकताको पर्वका रूपमा स्थापित छ । यस अवधिमा दुर्गा भवानीका विभिन्न स्वरूपको पूजा, आराधना गरिन्छ । नवरात्रभर शक्तिस्वरूपा देवीको उपासना गर्दै सुख, शान्ति, समृद्धि तथा परिवारको कल्याणको कामना गर्ने परम्परा छ ।
पर्वको मुख्य आकर्षणका रूपमा रहेको विजयादशमी आगामी कात्तिक ४ गते परेको छ । उक्त दिन विधिपूर्वक पूजा गरिएको दुर्गा भवानीको विसर्जन गरी मान्यजनबाट टीका, जमरा तथा फूलप्रसाद ग्रहण गर्ने चलन छ । यसले पुस्तान्तरण हुँदै आएको पारिवारिक आत्मीयता, आशीर्वाद र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विश्वास गरिन्छ ।
यस वर्ष असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते आइतबार महाअष्टमी, कात्तिक २ गते सोमबार अष्टमी तिथि तथा कात्तिक ३ गते मङ्गलबार महानवमी परेको छ । महाअष्टमीका अवसरमा शक्तिस्वरूपा देवीको विशेष आराधना गरिन्छ भने महानवमीमा पनि धार्मिक विधिअनुसार पूजा गरिन्छ ।
बडादशैँ सुरु भएसँगै बजारमा लत्ताकपडा, खाद्यान्न तथा अन्य आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढ्न थालेको छ । रोजगारी, अध्ययन तथा विभिन्न पेसाका कारण घरबाहिर रहेका नेपाली गाउँघर फर्कने क्रम पनि सुरु भएको छ । यसले पर्वको आगमनसँगै बजार र यातायात क्षेत्रमा समेत गतिविधि बढ्ने संकेत गरेको छ । धार्मिक अनुष्ठान, पारिवारिक भेटघाट र सामाजिक सद्भावलाई एकै सूत्रमा जोड्ने बडादशैँ नेपालीको मौलिक सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको पर्व हो ।
रामेछाप कप–२०८३ सुरु, खेलकुद मार्फत जिल्लाको पहिचान राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य
२५ असोज २०८३, आइतवार रामेछाप– दीपशिखा ब्वाइज युनाइटेड क्लबको आयोजनामा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
डहु माविको शैक्षिक पहिचान राष्ट्रियस्तरमा, प्रधानाध्यापक बल उत्कृष्ट सातमा, प्रदेशमा पहिलो
२५ असोज २०८३, आइतवार रामेछाप– प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले रामेछापको सुनापति गाउँपालिकास्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक
रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित

प्रतिकृया दिनुहोस