रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार
रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित भएका छन् । शिविरमा कैदीबन्दी तथा कारागारका कर्मचारीको आँखा परीक्षण गरी ८७ जनालाई निःशुल्क चस्मा वितरण गर्नुका साथै आवश्यकताअनुसार निःशुल्क आँखा औषधिसमेत प्रदान गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापको आयोजनामा जिल्ला प्रशासन कार्यालय र कारागार कार्यालय रामेछापको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा गरिएको विस्तृत परीक्षणका क्रममा शल्यक्रिया आवश्यक पर्ने ४ जना कैदीबन्दी पहिचान भएका छन् । त्यस्तै, थप परीक्षण तथा आवश्यक उपचारका लागि ५ जनालाई विशेषज्ञ सेवामा प्रेषण गरिएको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र, रामेछापका प्रमुख उमेश तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक व्यक्तिको आँखाको अवस्थाको परीक्षण गरी चिकित्सकीय आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको थियो ।
शिविरले कारागारभित्र रहेका कैदीबन्दी तथा कार्यरत कर्मचारीलाई सहज रूपमा आँखा स्वास्थ्य सेवा प्राप्त गर्न सहयोग पुगेको उहाँले बताउनुभयो । क्योर ब्लाइन्डनेस प्रोजेक्ट र गुड भिजन नेपालको आर्थिक सहयोगमा सञ्चालित शिविरको उद्देश्य कारागारजस्ता सुधारगृहमा रहेका व्यक्तिहरूलाई समेत गुणस्तरीय आँखा उपचार सेवाको पहुँचमा ल्याउनु रहेको आयोजकले जनाएको छ ।
आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार उपलब्ध गराउने तथा दृष्टिसम्बन्धी समस्याबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शिविर आयोजना गरिएको हो । विशेषगरी नियमित स्वास्थ्य सेवाको पहुँच सीमित हुन सक्ने कारागारभित्रका व्यक्तिहरूलाई लक्षित गरी सञ्चालन गरिएको यस कार्यक्रमले आँखा स्वास्थ्य सेवामा समान पहुँचको महत्त्वलाई उजागर गरेको छ । विश्व दृष्टि दिवसले सबै व्यक्तिका लागि सहज, सुलभ र गुणस्तरीय आँखा उपचार सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने सन्देश प्रवाह गर्दै आएको छ । ‘आफ्ना आँखालाई माया गरौँ, दृष्टि जोगाऔँ’ भन्ने सन्देशसहित आयोजित शिविरले दृष्टि संरक्षण र आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धिमा जोड दिएको छ । 

रामेछापमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो, ओपीडीमा बिरामीको संख्या १० हजार नाघ्यो
२४ असोज २०८३, शनिवार रामेछाप– रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक
चौथो रामेछाप कप–२०८३ भोलि देखी हुनेः २७ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत
२४ असोज २०८३, शनिवार मन्थली– रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित दिपशिखा ब्वाईज युनाईटेड क्लवको आफ्नै खेल मैदानमा ‘चौथो रामेछाप
कांग्रेस नेतृ विनिता खड्का पक्राउ, ठगीदेखि सम्पत्ति छानबिनसम्मका आरोप
२४ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मत मागिरहेकी नेतृ विनिता खड्कालाई नेपाल प्रहरीको

प्रतिकृया दिनुहोस