चौथो रामेछाप कप–२०८३ भोलि देखी हुनेः २७ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत
२४ असोज २०८३, शनिवार
मन्थली– रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित दिपशिखा ब्वाईज युनाईटेड क्लवको आफ्नै खेल मैदानमा ‘चौथो रामेछाप कप–२०८३’ फुटबल प्रतियोगीता आयोजना हुने भएको छ । यही आश्विन २५ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताका लागि आयोजकले कुल २७ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । दिपशिखा ब्वाईज युनाईटेड क्लव र मन्थली नगरपालिकाको संयुक्त आयोजना तथा रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन एवम् सर्वपक्षीय सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
नट–आउट प्रणालीमा खेलाइने उक्त प्रतियोगितामा देशभरका आधिकारिक क्लव तथा विभागीय टिमहरूले सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का राष्ट्रिय तथा क्षेत्रीय रेफ्रीहरूद्वारा खेल सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ र द्वितीय हुने टोलीले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रथम, द्वितीय, तृतीय टोलीका साथै वेस्ट स्ट्राइकर, वेस्ट किपर, वेस्ट डिफेन्डर, वेस्ट प्लेयर, सर्वाधिक गोलकर्ता र प्रत्येक खेलको ‘म्यान अफ द म्याच’का लागि ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद गरी थप ५० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको छ ।
दैनिक १ हजार तथा सेमिफाइनल र फाइनल खेलमा ३ हजारभन्दा बढी दर्शकले खेल प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको छ। खेल मैदान निर्माण, मञ्च तथा टेन्ट व्यवस्थापन, साउण्ड सिस्टम, सुरक्षा व्यवस्था एवम् प्राथमिक उपचारका लागि छुट्टाछुट्टै बजेट विनियोजन गरी तयारी तीव्र पारिएको छ । विक्रम संवत् २०६७ मा स्थापित दिपशिखा ब्वाईज युनाईटेड क्लवले खेलकुदका साथै सामाजिक, सांस्कृतिक र वातावरणीय क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
g


रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित
रामेछापमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो, ओपीडीमा बिरामीको संख्या १० हजार नाघ्यो
२४ असोज २०८३, शनिवार रामेछाप– रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक
कांग्रेस नेतृ विनिता खड्का पक्राउ, ठगीदेखि सम्पत्ति छानबिनसम्मका आरोप
२४ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मत मागिरहेकी नेतृ विनिता खड्कालाई नेपाल प्रहरीको

प्रतिकृया दिनुहोस