दोलखाको जामुनेबाट ३९ वर्षीय पुरुष बेपत्ता, खोजीका लागि परिवारको अपिल
६ मंसिर २०८३, आइतवार
रामेछाप– दोलखाको तामाकोशी गाउँपालिका–जामुने (झुले क्षेत्र) बाट एक पुरुष बेपत्ता भएका छन् । गत शनिबार बिहानदेखि सम्पर्कविहीन भएका ३९ वर्षीय सीताराम श्रेष्ठको अवस्था हालसम्म अज्ञात रहेको परिवारले जनाएको छ । नागरिकतामा सीताराम श्रेष्ठ र सामाजिक सञ्जाल फेसबुकमा राम श्रेष्ठ नाम प्रयोग गर्दै आएका उनी गत ५ गते शनिबार बिहान करिब ८ बजेदेखि सम्पर्कविहीन भएका हुन् । त्यसयता उनको मोबाइल फोनसमेत बन्द रहेको परिवारले जनाएको छ ।
प्राप्त जानकारीअनुसार श्रेष्ठलाई बेपत्ता हुनुअघि जामुने बसपार्कस्थित काउन्टर क्षेत्रमा केही व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा देखिएको थियो। गाडी नआएपछि उनी सोही क्षेत्रमा बसेको बुझिए पनि त्यसपछि उनी कहाँ गए भन्नेबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन । बेपत्ता श्रेष्ठले हराएको समयमा नीलो रङको ज्याकेट र सेतो रङको पाइन्ट लगाएका थिए । करिब पाँच फिट पाँच इन्च उचाइ भएका उनको शरीर, हात तथा पाखुराभरि नसा डल्ला परेको विशेष पहिचान चिन्ह रहेको परिवारले जानकारी दिएको छ । उनको स्थायी ठेगाना दोलखा जिल्ला रहेको छ । लामो समयसम्म सम्पर्कविहीन रहँदा परिवारजन चिन्तित बनेका छन् । सम्भावित सबै स्थानमा खोजी गर्दा पनि उनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेपछि परिवारले सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ । श्रेष्ठलाई कतै देख्नुभएका, भेट्नुभएका वा उनको अवस्थाबारे कुनै जानकारी पाउनुभएका व्यक्तिलाई नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन वा परिवारको मोबाइल नम्बर ९८४१०८२७३३ मा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बेपत्ता व्यक्तिको खोजी कार्यमा सहयोग पुग्ने विश्वाससहित परिवारले सामाजिक सञ्जाल तथा अन्य सञ्चारमाध्यममार्फत उक्त सूचना व्यापक रूपमा फैलाइदिन सबैमा आग्रह गरेको छ । मानवीय संवेदनशीलतालाई ध्यानमा राख्दै उहाँको खोजीमा सहयोग पु¥याउन र कुनै पनि सूचना प्राप्त भएमा तत्काल सम्बन्धित निकाय वा परिवारसम्म पु¥याउन सबैमा अपिल गरिएको छ । नागरिकस्तरबाट प्राप्त हुने सानो सूचना पनि बेपत्ता व्यक्तिको खोजीमा महत्वपूर्ण हुन सक्ने भएकाले परिवारले सबैको सहयोगको अपेक्षा गरेको छ ।
बैंकिङ कसूर र ज्यान मार्ने उद्योगसहित विभिन्न मुद्दाका तीन फरार अभियुक्त पक्राउ
५ मंसिर २०८३, शनिवार रामेछाप– विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहँदै आएका तीन जना प्रतिवादीलाई रामेछाप प्रहरीले
राष्ट्रिय सम्मानले डहु माविको शैक्षिक नेतृत्वलाई थप उचाइ
५ मंसिर २०८३, शनिवार रामेछाप– रामेछापको सुनापति गाउँपालिका–स्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल राष्ट्रियस्तरमा उत्कृष्ट
रामेछापमा मतदाता सङ्ख्या १ लाख ८९ हजार पुग्यो, एक वर्षमा १ हजार ४२४ थपिए
४ मंसिर २०८३, शुक्रवार रामेछाप– रामेछापमा एक वर्षको अवधिमा १ हजार ४२४ जना नयाँ मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कायम मतदाता

प्रतिकृया दिनुहोस