• ON AIRपानी र सरसफाई
  • नेपाल खवर (उज्यालो)

रामेछापका सात स्थानीय तहमा एकैदिन नेकपाको राष्ट्रिय जागरण अभियान शुभारम्भ

२ मंसिर २०८३, वुधवार
रामेछाप– नेपाली कम्युनिष्ट पार्टी रामेछाप जिल्ला समितिले जिल्लाका सातवटा स्थानीय तहमा एकैदिन राष्ट्रिय जागरण अभियानको औपचारिक उद्घाटन गरेको छ । पार्टी केन्द्रको निर्णयअनुसार संगठन विस्तार, जनसम्बन्ध सुदृढीकरण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर अभियान सञ्चालन गरिएको हो । गत कार्तिक २८ गते बसेको जिल्ला समितिको बैठकले जिल्लाका आठवटै स्थानीय तहमा मंसिर २ गतेदेखि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, प्राविधिक कारणले गोकुलगंगा गाउँपालिकामा भने मंसिर ५ गते अभियान उद्घाटन गरिने जनाइएको छ ।
अभियानअन्तर्गत मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । विभिन्न स्थानीय तहमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरका नेताहरूले सम्बोधन गर्दै संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार र राजनीतिक अभियानलाई प्रभावकारी बनाउने विषयमा जोड दिएका छन् ।
पूर्व गृह राज्यमन्त्री, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठले मन्थलीमा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गर्दै पार्टीलाई जनताको सुखदुःखसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले संगठनलाई बलियो बनाउन नेता तथा कार्यकर्ता जनतामाझ पुग्नुपर्ने, जनताका वास्तविक समस्या बुझ्नुपर्ने र तिनको समाधानका लागि राजनीतिक रूपमा पहल गर्नुपर्ने धारणा राख्नुभयो । पार्टीको अभियान जनतासँगको सम्बन्ध नवीकरण गर्ने अवसर भएको उहाँको भनाइ थियो ।
प्रदेशसभा (क) का साथै केन्द्रीय सदस्य तारानारायण श्रेष्ठले रामेछाप नगरपालिकामा आयोजित उद्घाटन कार्यक्रममा संगठन विस्तार र जनताको विश्वास जित्ने अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्ताले जनतासँग निरन्तर संवाद गर्दै स्थानीय आवश्यकता र मुद्दालाई राजनीतिक एजेन्डाका रूपमा उठाउनुपर्नेमा जोड दिनुभयो । जनतासँगको निकटताले मात्रै पार्टी संगठन बलियो बन्ने उहाँको धारणा थियो ।
प्रदेशसभा (ख) तथा केन्द्रीय सदस्य युवराज चौलागाईंले सुनापतिमा आयोजित कार्यक्रममा अभियानको उद्घाटन गर्दै पार्टी संगठनलाई गाउँगाउँ र टोलटोलसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्ता एकताबद्ध भएर जनताको बीचमा पुग्नुपर्ने र जनताका अपेक्षा, समस्या तथा आवाजलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । जागरण अभियानले संगठनमा नयाँ ऊर्जा थप्ने उहाँको विश्वास थियो ।
जिल्ला संयोजक लालसिंह घिसिङले उमाकुण्ड गाउँपालिकाको उद्घाटन कार्यक्रममा अभियानले पार्टी संगठनलाई थप गतिशील बनाउने बताउनुभयो । उहाँले पार्टीको योजना र कार्यक्रम जनतामाझ पु¥याउँदै उनीहरूका समस्या तथा आवश्यकता बुझ्ने काम अभियानमार्फत गरिने जानकारी दिनुभयो । संगठनलाई जीवन्त बनाउन नेता तथा कार्यकर्ता जनतासँगै जोडिएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष तथा केन्द्रीय सदस्य मैनकुमार मोक्तानले गाउँपालिकामा आयोजित अभियान उद्घाटन कार्यक्रममा स्थानीय जनताको मुद्दा र विकासका सवाललाई राजनीतिक अभियानसँग जोड्नुपर्ने बताउनुभयो । उहाँले जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संगठनलाई बलियो बनाउने र पार्टीका नीति तथा विचारलाई समुदायस्तरमा पु¥याउने काममा सबै नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य रोज मोक्तानले खाँडादेवी गाउँपालिकामा आयोजित उद्घाटन कार्यक्रममा पार्टी संगठन विस्तारका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानलाई औपचारिक कार्यक्रममै सीमित नराखी जनताको घरदैलो र बस्तीस्तरसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । पार्टी र जनताबीचको सम्बन्ध बलियो भए मात्रै राजनीतिक अभियानले सार्थक परिणाम दिने उहाँको धारणा थियो ।
केन्द्रीय सदस्य मेघराज तामाङले लिखु तामाकोशी गाउँपालिकामा आयोजित अभियान उद्घाटन कार्यक्रममा संगठनलाई स्थानीय तहमा मजबुत बनाउन जनतासँग निरन्तर सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेता तथा कार्यकर्ताले जनताको आवाज सुन्ने, स्थानीय समस्या पहिचान गर्ने र समाधानका लागि पहल गर्ने कार्यलाई अभियानको मुख्य प्राथमिकता बनाउनुपर्ने धारणा राख्नुभयो । जनतासँगको एकता र सहकार्यबाट पार्टीलाई थप सशक्त बनाउन सकिने उहाँको भनाइ थियो ।
अभियानबारे जानकारी दिँदै जिल्ला संयोजक लालसिंह घिसिङले पार्टीले पहिलेदेखि नै जागरण अभियान सञ्चालन गर्ने सोच बनाएको भए पनि केन्द्रको निर्णयले थप ऊर्जा र हौसला प्रदान गरेको बताउनुभयो । उहाँका अनुसार अभियान जिल्लाका ६४ वटै वडामा पुग्नेछ । नेता तथा कार्यकर्ता जनतासँगै जोडिएर अघि बढ्दा पार्टी संगठन जीवन्त हुने र आगामी आवधिक निर्वाचनमा सहज जित हासिल गर्न बल पुग्ने संयोजक घिसिङको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

अवैध रूपमा ढुङ्गा लोड गरिरहेको ट्याक्टर नियन्त्रणमा, १५ हजार जरिवाना

१ मंसिर २०८३, मंगलवार रामेछाप–  जिल्ला प्रहरी कार्यालय रामेछापले अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेको एक ट्याक्टरलाई नियन्त्रणमा लिई

पर्यटन प्रवद्र्धनमा सुनापतिको छलाङ, मङ्सिर २५ देखि तीनदिने महोत्सव हुँदै

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछापको सुनापति गाउँपालिकाले स्थानीय पर्यटन, कला, संस्कृति तथा रैथाने उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले

रामेछाप अस्पतालमा हाडजोर्नी शल्यक्रिया सेवा प्रभावकारी, दुई दिनमै पाँच बिरामीको सफल शल्यक्रिया

१ मंसिर २०८३, मंगलवार रामेछाप– रामेछाप अस्पतालमा हाडजोर्नीसम्बन्धी शल्यक्रिया सेवा निरन्तर सञ्चालन भइरहेको छ । अस्पतालले पछिल्लो पटक दुई दिनको

↑