राष्ट्रिय सम्मानले डहु माविको शैक्षिक नेतृत्वलाई थप उचाइ
५ मंसिर २०८३, शनिवार
रामेछाप– रामेछापको सुनापति गाउँपालिका–स्थित डहु माध्यमिक विद्यालयका प्रधानाध्यापक दलबहादुर बल राष्ट्रियस्तरमा उत्कृष्ट प्रधानाध्यापकका रूपमा सम्मानित हुनुभएको छ । देशभरका माध्यमिक तहका उत्कृष्ट सात प्रधानाध्यापकको सूचीमा छनोट हुँदै उहाँले जिल्लाको शैक्षिक क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउन सफल हुनुभएको हो ।
शिक्षा क्षेत्रमा पु¥याएको योगदान, विद्यालयको व्यवस्थापनमा देखाएको नेतृत्वदायी भूमिका तथा शिक्षण सिकाइको गुणस्तर सुधारमा गरेको प्रयासको मूल्यांकन गर्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले बललाई सम्मान गरेको हो । जनकपुरमा आयोजित पानको तेस्रो राष्ट्रिय सम्मेलनका अवसरमा पूर्वराष्ट्रपति डा. रामवरण यादवले उहाँलाई नगद १० हजार रुपैयाँसहित खादा, माला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मान प्राप्त प्रधानाध्यापक बलको नेतृत्वमा डहु माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा उल्लेखनीय प्रदर्शन गर्दै आएको छ । विद्यालयको शैक्षिक उपलब्धि, व्यवस्थापनमा सुधार र विद्यार्थीको सिकाइ उपलब्धि बढाउने प्रयासले उहाँलाई राष्ट्रियस्तरको सम्मानसम्म पु¥याएको हो ।
सम्मान छनोट प्रक्रिया प्राध्यापक डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा गठित मूल्यांकन समितिको सिफारिसमा अघि बढाइएको थियो । समितिको मूल्यांकनका आधारमा देशभरबाट माध्यमिक तहका सात र आधारभूत तहका सात प्रधानाध्यापक छनोट गरी सम्मान गरिएको पानले जनाएको छ । साथै, उत्कृष्ट कार्यसम्पादनका आधारमा विभिन्न स्थानीय तह र विद्यालयलाई समेत सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, अनुशासित विद्यालय वातावरण निर्माण र प्रभावकारी व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण मानिन्छ । बलको राष्ट्रिय सम्मानले डहु माध्यमिक विद्यालयको उपलब्धिलाई थप पहिचान दिलाउनुका साथै रामेछापको सामुदायिक शिक्षा क्षेत्रमा सकारात्मक सन्देश दिएको छ ।
बैंकिङ कसूर र ज्यान मार्ने उद्योगसहित विभिन्न मुद्दाका तीन फरार अभियुक्त पक्राउ
५ मंसिर २०८३, शनिवार रामेछाप– विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहँदै आएका तीन जना प्रतिवादीलाई रामेछाप प्रहरीले
रामेछापमा मतदाता सङ्ख्या १ लाख ८९ हजार पुग्यो, एक वर्षमा १ हजार ४२४ थपिए
४ मंसिर २०८३, शुक्रवार रामेछाप– रामेछापमा एक वर्षको अवधिमा १ हजार ४२४ जना नयाँ मतदाता थपिएका छन् । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कायम मतदाता
नेपाली कांग्रेस देउवा समूह रामेछापको जिल्ला अधिवेशन मंसिर १४ गते हुने
३ मंसिर २०८३, बिहिवार रामेछाप– नेपाली कांग्रेसको देउवा समूहले रामेछापमा पार्टीको १५औँ नियमित जिल्ला अधिवेशन आगामी मंसिर १४ गते सोमबार सदरमुकाम

प्रतिकृया दिनुहोस