• ON AIRसाझा खवर (CIN)
  • तिफदी समाचार

रामेछापमा अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गर्ने दुई ट्याक्टर कारबाहीमा

३० कार्तिक २०८३, सोमवार 
रामेछाप – जिल्लाको खाँडादेवी गाउँपालिकास्थित सित्खा खोला किनारबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुङ्गा लोड गरिरहेका दुईवटा ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी चौकी बेथान (सित्खा) बाट खटिएको गस्ती टोलीले उक्त सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको जानकारी अनुसार, गत असोज २८ गते बिहान करिब ८ः०० बजेको समयमा खाँडादेवी गाउँपालिका वडा नं. ३ स्थित सित्खा खोला किनारमा अवैध रूपमा ढुङ्गा लोड भइरहेको भन्ने सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्थलगत अनुगमन गरी ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि खाँडादेवी गाउँपालिकाको कार्यालयमा पठाइएको जनाएको छ । गाउँपालिकाको कार्यालयमार्फत गरिएको कारबाहीअनुसार दुवै ट्र्याक्टरधनी वा चालकलाई जरिवाना गरिएको छ  ।  कारबाही पर्नेमा खाँडादेवी गाउँपालिका वडा नं. ०४, पकरवास थाक्ले बस्ने वर्ष ३० का तिर्थबहादुर माझीले चलाएको ज. १ त ९१९० नम्बरको ट्र्याक्टरलाई रु. ३,००० (तीन हजार) जरिवाना गरिएको छ ।  
यस्तै, मन्थली नगरपालिका वडा नं. ०७, मुगिटार बस्ने वर्ष २५ का राजेन्द्र नेपालीले चलाएको ना ६ त १०९८ नम्बरको ट्र्याक्टरलाई रु. ३,००० (तीन हजार) जरिवाना गरिएको छ । स्थानीय खोला तथा नदीहरूबाट कानुनविपरीत हुने नदीजन्य पदार्थको दोहन र अवैध निकासीलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय रामेछापले निगरानी तथा गस्तीलाई थप कडा बनाउँदै लगेको छ । यस किसिमका गैरकानुनी गतिविधिले वातावरणीय असन्तुलन निम्त्याउने र प्राकृतिक स्रोतको अपव्यापार हुने भएकाले प्रहरीले यसमा शून्य सहनशीलताको नीति अपनाएको छ ।  
अवैध ढुङ्गा तथा बालुवा उत्खनन र ओसारपसार नियन्त्रणसम्बन्धी यस कारबाहीले स्थानीय क्षेत्रमा यस प्रकारका गतिविधिहरू रोक्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । यस विषयमा थप जानकारी वा सूचना लिनुपरेमा जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल राउतलाई (सम्पर्क नम्बरः ९८५४०४११२३) मा सम्पर्क गर्न सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छः जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ

२९ कार्तिक २०८३, आइतवार  रामेछाप– नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढ्ने बाटो खुल्यो, ३ करोड विनियोजन

२९ कार्तिक २०८३, आइतवार रामेछाप– रामेछापको ऊर्जा, कृषि, पर्यटन तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको एक हजार २१६ मेगावाट क्षमताको

रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने विशेष जागरण अभियान उद्घाटन

२८ कार्तिक २०८३, शनिवार रामेछाप–  नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा जनताका समस्या र आवाजलाई सम्बोधन गर्ने

↑