कांग्रेस नेतृ विनिता खड्का पक्राउ, ठगीदेखि सम्पत्ति छानबिनसम्मका आरोप
२४ असोज २०८३, शनिवार
रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि मत मागिरहेकी नेतृ विनिता खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार राति पक्राउ गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध र विभिन्न गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको विवरणमा उल्लेख छ ।
खड्कामाथि इजरायल पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा पक्राउ परेका भरत चौलागाईं र बालिका शिवाकोटीसँग मिलेर रकम असुली गरेको आरोपसमेत लगाइएको छ । त्यस्तै, पूर्वप्रधानन्यायाधीश जबरासँग साँठगाँठ गरी विभिन्न अदालतका मुद्दामा बिचौलियाको भूमिका निर्वाह गरेको आरोप पनि उनीमाथि छ ।
यसैगरी, छोटो समयमै काठमाडौंको बुढानीलकण्ठमा भव्य बंगला निर्माण गर्नुका साथै करोडौँ रुपैयाँ बराबरको सम्पत्ति अस्वाभाविक रूपमा आर्जन गरेको विषयलाई लिएर समेत प्रश्न उठाइएको छ । उपलब्ध विवरणअनुसार, उनको सम्पत्तिको स्रोत र कथित गतिविधिबारे अनुसन्धान अघि बढाइएको दाबी गरिएको छ । उनी कांग्रेस रामेछापको १५औँ महाधिवेशन प्रतिनिधीमा सबैभन्दा धेरै मत ल्याएर विजयी समेत हुनुभएको थियो ।
रामेछाप कारागारमा १६३ जनाको आँखा परीक्षण, ८७ जनालाई निःशुल्क चस्मा वितरण
२४ असोज २०८३, शनिवार रामेछाप– विश्व दृष्टि दिवस २०२६ को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट १६३ जना लाभान्वित
रामेछापमा आयुर्वेद सेवाप्रति आकर्षण बढ्दो, ओपीडीमा बिरामीको संख्या १० हजार नाघ्यो
२४ असोज २०८३, शनिवार रामेछाप– रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति नागरिकको आकर्षण बढ्दै गएको छ । मन्थलीस्थित आयुर्वेद तथा वैकल्पिक
चौथो रामेछाप कप–२०८३ भोलि देखी हुनेः २७ लाख रुपैयाँभन्दा बढीको अनुमानित बजेट प्रस्तुत
२४ असोज २०८३, शनिवार मन्थली– रामेछापको मन्थली नगरपालिका–२, करम्बोटस्थित दिपशिखा ब्वाईज युनाईटेड क्लवको आफ्नै खेल मैदानमा ‘चौथो रामेछाप

प्रतिकृया दिनुहोस