• ON AIRसाझा खवर (CIN)
  • नेपाल दर्पण (उज्यालो)

सम्पदा र पर्यटनको सम्भावना उजागर गर्दै रामेछाप सम्पदा पदयात्रा सम्पन्न

७ मंसिर २०८३, सोमवार
रामेछाप– रामेछापका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई एउटै पर्यटन मार्गमा जोड्दै तिनको पहिचान, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘रामेछाप सम्पदा पदयात्रा’ सम्पन्न भएको छ । मंसिर ५ र ६ गते सञ्चालन गरिएको दुईदिने पदयात्रामा एक सयभन्दा बढीको सहभागिता रहेको थियो ।
रामेछाप नगरपालिकाको पर्यटन सम्भावनालाई व्यवहारमा उजागर गर्ने लक्ष्यसहित आयोजित पदयात्राले स्थानीय सम्पदाको अवलोकनसँगै तिनको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई व्यापक रूपमा प्रचारप्रसार गर्ने आधार तयार गरेको छ । पदयात्राका क्रममा सहभागीले भीमसेनस्थान, डुकुरसिं डाँडा, तिल्केस्थानगढी, केवलेश्वर महादेव मन्दिर, भंगेरी, निशान भगवती मन्दिर, सैनिक पार्क, ताराखसे पोखरी, भालुखोप भ्यू टावर, महाकाली देवीको थान र गणेशटारलगायतका स्थलको भ्रमण तथा अवलोकन गरेका थिए । यस क्रममा धार्मिक आस्थासँग जोडिएका मठमन्दिर, ऐतिहासिक महत्व बोकेका स्थान, प्राकृतिक दृश्यावलोकनका क्षेत्र तथा सांस्कृतिक पहिचान झल्काउने सम्पदालाई पदयात्रामार्फत एकीकृत रूपमा प्रस्तुत गरिएको थियो ।
पदयात्राको अर्को आकर्षण जुनार बगैँचाको भ्रमणसमेत बनेको थियो। यसले रामेछापको कृषि उत्पादनलाई पर्यटनसँग जोडेर स्थानीय अर्थतन्त्रमा थप अवसर सिर्जना गर्न सकिने सम्भावनालाई समेत उजागर गरेको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक विरासत र कृषि उत्पादनलाई एकैसाथ पर्यटनसँग जोड्न सके रामेछापमा विविध प्रकृतिका पर्यटक आकर्षित गर्न सकिने सहभागीको धारणा थियो ।
सहभागीले रामेछापमा पर्यटकीय सम्भावना पर्याप्त भए पनि धेरै सम्पदा अझै व्यापक रूपमा चिनिन नसकेको उल्लेख गर्दै तिनको व्यवस्थित अभिलेखीकरण, प्रचारप्रसार, संरक्षण तथा आवश्यक पूर्वाधार विकासमा जोड दिएका थिए । पदयात्राका क्रममा संकलित तस्बिर, भिडियो र ऐतिहासिक जानकारीलाई डिजिटल माध्यमसहित विभिन्न प्रचार सामग्रीमा उपयोग गर्न सके जिल्लाको पर्यटन पहिचान विस्तार गर्न सहयोग पुग्ने उनीहरूको विश्वास थियो । स्थानीय सम्पदालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न केवल अवलोकन भ्रमण पर्याप्त नहुने भएकाले सडक तथा पदमार्गको स्तरोन्नति, सूचना तथा संकेत पाटीको व्यवस्था, पर्यटकमैत्री सेवा र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक देखिन्छ ।
रामेछाप नगरपालिका, सूर्यचका फाउण्डेसन र रामेछाप नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सम्पन्न पदयात्रालाई आयोजकले रामेछापको पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउने लक्ष्य राखेका छन् । यस अभियानले ओझेलमा परेका सम्पदाको पहिचान र प्रवद्र्धनसँगै स्थानीय पर्यटन गतिविधि विस्तारमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । रामेछापको मौलिक पहिचान बोकेका सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीय रोजगारी, उद्यमशीलता र आर्थिक गतिविधि विस्तारको आधारसमेत बन्न सक्ने देखिन्छ 

प्रतिकृया दिनुहोस

रामेछापका श्याम थापा र दोलखाका सुन्दर कार्की उत्कृष्ट करदाता सम्मानित

७ मंसिर २०८३, सोमवार रामेछाप– रामेछाप जिल्लामा कार्यक्षेत्र विस्तार गरी व्यवसाय सञ्चालन गर्दै आएका मन्थलीस्थित जिएस मार्केटिङ प्रालिका सञ्चालक

दोलखाको जामुनेबाट ३९ वर्षीय पुरुष बेपत्ता, खोजीका लागि परिवारको अपिल

६ मंसिर २०८३, आइतवार  रामेछाप– दोलखाको तामाकोशी गाउँपालिका–जामुने (झुले क्षेत्र) बाट एक पुरुष बेपत्ता भएका छन् । गत शनिबार बिहानदेखि

बैंकिङ कसूर र ज्यान मार्ने उद्योगसहित विभिन्न मुद्दाका तीन फरार अभियुक्त पक्राउ

५ मंसिर २०८३, शनिवार रामेछाप– विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहँदै आएका तीन जना प्रतिवादीलाई रामेछाप प्रहरीले

↑