• ON AIR

प्रेस स्वतन्त्रताको पक्षमा रामेछापका पत्रकारको धर्ना

९ मंसिर २०८३, बुधवार
रामेछाप– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि बढ्दो हस्तक्षेप, पत्रकारमाथिको धरपकड र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने प्रयासविरुद्ध रामेछापका पत्रकारले जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषित आन्दोलनका कार्यक्रमअन्तर्गत बुधबार महासंघ जिल्ला शाखा रामेछापको अगुवाइमा पत्रकारले जिल्ला प्रशासन कार्यालयको मुख्य गेटअगाडि धर्ना दिएका हुन् । प्रेस स्वतन्त्रताको रक्षा, पत्रकारको पेसागत सुरक्षा तथा नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्न दबाब दिने उद्देश्यले आयोजित धर्नामा जिल्लामा क्रियाशील पत्रकारको उल्लेख्य सहभागिता रहेको थियो । 
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित आयोजित विरोध कार्यक्रममा सहभागी पत्रकारले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल रोक्न, पत्रकारमाथि हुने धरपकड बन्द गर्न तथा सञ्चारमाध्यमलाई निर्बाध रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण निर्माण गर्न माग गरेका थिए । उनीहरूले विभिन्न नारासहितका प्ले कार्ड प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत हकहितप्रति ऐक्यबद्धता जनाएका थिए ।
नेपाल पत्रकार महासंघले पछिल्लो समय समाचार संकलन तथा सम्प्रेषणका क्रममा पत्रकारमाथि भएको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका अनुसार समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रतालाई संकुचित पार्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश ल्याउने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा सवारीसाधन तेस्र्याउने घटनामा संलग्नमाथि कारबाही नभएको विषय गम्भीर चिन्ताको विषय बनेको छ ।
त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई जबरजस्ती सेवाबाट हटाइएको, श्रम अधिकारको उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयसमेत महासंघले उठाएको छ । यी विषयलाई सम्बोधन गर्न माग गर्दै महासंघले देशव्यापी रूपमा चरणबद्ध विरोधका कार्यक्रम सञ्चालन गरिरहेको छ । महासंघले प्रेस स्वतन्त्रता कुनै निश्चित पेसा वा वर्गको मात्र अधिकार नभई लोकतन्त्र, नागरिक स्वतन्त्रता र सूचनाको हकसँग प्रत्यक्ष जोडिएको विषय भएको जनाएको छ ।
धर्नापछि महासंघ रामेछापका अध्यक्ष दीपककुमार घिमिरेले प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारले प्रदर्शन गरेको एकता, साहस र प्रतिबद्धताको प्रशंसा गर्नुभयो । उहाँले पत्रकारको पेसागत मर्यादा, श्रम अधिकार र स्वतन्त्र पत्रकारिताको रक्षाका लागि महासंघको आवाज र संघर्ष निरन्तर जारी रहने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारको अधिकार सुनिश्चित गर्न पत्रकारबीचको एकता अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस

लामाटोल पोखरीमा त्रिकाल बुद्ध गुरु रिन्पोछेको मूर्ति अनावरण

९ मंसिर २०८३, बुधवार रामेछाप– सुनापति गाउँपालिका–३ स्थित लामाटोल पोखरीमा निर्माण सम्पन्न भएको त्रिकाल बुद्ध गुरु रिन्पोछेको मूर्तिको समुद्घाटन

रामेछापका श्याम थापा र दोलखाका सुन्दर कार्की उत्कृष्ट करदाता सम्मानित

७ मंसिर २०८३, सोमवार रामेछाप– रामेछाप जिल्लामा कार्यक्षेत्र विस्तार गरी व्यवसाय सञ्चालन गर्दै आएका मन्थलीस्थित जिएस मार्केटिङ प्रालिका सञ्चालक

सम्पदा र पर्यटनको सम्भावना उजागर गर्दै रामेछाप सम्पदा पदयात्रा सम्पन्न

७ मंसिर २०८३, सोमवार रामेछाप– रामेछापका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई एउटै पर्यटन मार्गमा जोड्दै तिनको पहिचान, संरक्षण र

↑