खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढ्ने बाटो खुल्यो, ३ करोड विनियोजन
२९ कार्तिक २०८३, आइतवार
रामेछाप– रामेछापको ऊर्जा, कृषि, पर्यटन तथा आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । लामो समयदेखि चर्चामा रहेको यस आयोजनाको प्रारम्भिक अध्ययन तथा आवश्यक प्रक्रिया अगाडि बढाउन बजेट विनियोजन भएसँगै आयोजना अघि बढ्ने आधार तयार भएको छ ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको पहलमा आयोजना सरकारी योजनामा समावेश हुनुका साथै अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण र प्रारम्भिक प्रक्रिया अघि बढाउन बजेट सुनिश्चित भएको हो। बजेट विनियोजनलाई आयोजनाको सम्भाव्यता पहिचान र थप प्रक्रिया अघि बढाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । आयोजनालाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित शुक्रबार भएको छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विनियोजित बजेटको प्रभावकारी सदुपयोग गर्न निर्देशन दिएका छन् । उनले आयोजनासम्बन्धी प्राविधिक अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र स्थानीय सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियालाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका हुन् । छलफलमा आयोजनाको कामले गति लिन मन्त्रालयस्तरबाट आवश्यक समन्वय, सहजीकरण र पहल गर्नुपर्ने विषयमा समेत ध्यानाकर्षण गराइएको थियो। प्रारम्भिक अध्ययनलाई व्यवस्थित रूपमा अघि बढाउँदै आयोजनाको सम्भावना, चुनौती र वातावरणीय प्रभावबारे स्पष्ट आधार तयार गर्नुपर्नेमा जोड दिइएको छ ।
प्रस्तावित खिम्ती–ठोसे–शिवालय आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई बहुआयामिक आर्थिक विकाससँग जोडिएको महत्वपूर्ण परियोजना मानिन्छ । आयोजना निर्माण हुन सके विद्युत् उत्पादनसँगै कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार, खानेपानी व्यवस्थापन, पर्यटन विकास, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी जलाशययुक्त आयोजना भएकाले यसको प्रभाव रामेछापको समग्र विकाससँग जोडिने अपेक्षा गरिएको छ । आयोजना कार्यान्वयनमा आए राष्ट्रिय ऊर्जा उत्पादन क्षमता वृद्धि हुनुका साथै निजी तथा सार्वजनिक लगानीको सम्भावना विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्न सक्ने देखिन्छ ।
अर्थ समितिका सभापति डा. बुढाथोकीले आयोजनालाई प्रारम्भिक अध्ययनमै सीमित नराखी कार्यान्वयनको चरणसम्म पु¥याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तीन करोड रुपैयाँ बजेट विनियोजनसँगै आयोजनाले प्रारम्भिक प्रक्रियामा प्रवेश गर्ने अवसर पाएको छ । यद्यपि आयोजना निर्माणको सुनिश्चितताका लागि विस्तृत अध्ययन, वातावरणीय मूल्याङ्कन, प्राविधिक तथा आर्थिक सम्भाव्यता र आवश्यक सरकारी प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसैले आगामी दिनमा बजेटको प्रभावकारी कार्यान्वयन र अध्ययन प्रक्रियाको प्रगतिले आयोजनाको भविष्य निर्धारण गर्नेछ ।
वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक छः जिल्ला इन्चार्ज श्यामकुमार श्रेष्ठ
२९ कार्तिक २०८३, आइतवार रामेछाप– नेपालको वामपन्थी तथा कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन वामपन्थी शक्तिबीच एकता र ध्रुवीकरण आवश्यक
रामेछापमा नेपाली कम्युनिष्ट पार्टीको दुई महिने विशेष जागरण अभियान उद्घाटन
२८ कार्तिक २०८३, शनिवार रामेछाप– नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण, जनसम्बन्ध विस्तार तथा जनताका समस्या र आवाजलाई सम्बोधन गर्ने
धोबीबजारमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना लाभान्वित
१९ कार्तिक २०८३, बिहिवार रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–५ धोबीबजारमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३११ जना

प्रतिकृया दिनुहोस