लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ
२७ साउन २०८३, बुधवार
रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा लागुऔषध सेवन गरी सवारी चलाएको आरोपमा दुई चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछाप र मन्थली अस्पतालको संयुक्त आयोजनामा मन्थली नगरपालिका–१ स्थित रामनारायण चोकमा मंगलबार सार्वजनिक तथा अन्य सवारीसाधनका चालकको लागुऔषध सेवन परीक्षण गरिएको थियो । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन गरिएको परीक्षणका क्रममा दुई चालकले लागुऔषध सेवन गरी सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–२ डाँडागाउँका ३७ वर्षीय सन्जु कार्की र सिन्धुलीको कमलामाई नगरपालिका–११ ठूलो तेर्सेका २२ वर्षीय सुरेश मोक्तान रहेका छन् । कार्की प्रदेश ३–०१–००५ ख ९५०७ नम्बरको बसका चालक हुन् भने मोक्तान मधेश प्रदेश ०३–००१ त ९९३८ नम्बरको ट्र्याक्टर चालक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई प्रचलित कानूनबमोजिम कारबाहीका लागि नियन्त्रणमा लिई रामेछाप जिल्ला अदालतबाट म्याद थप गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल राउतले जानकारी दिनुभयो । सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि चालकको नियमित स्वास्थ्य तथा लागुऔषध परीक्षणलाई प्रभावकारी बनाउँदै लगिएको प्रहरीले जनाएको छ ।
भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु
२६ साउन २०८३, मंगलवार रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४
विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना
२६ साउन २०८३, मंगलवार रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना
रामेछाप अस्पतालमा मानसिक स्वास्थ्यको विशेषज्ञ सेवा सुरु
२३ साउन २०८३, शनिवार रामेछाप– रामेछाप अस्पतालले जिल्लामै पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । मानसिक

प्रतिकृया दिनुहोस