• ON AIR
  • स्टेशन सुभारम्भ

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

२६ साउन २०८३, मंगलवार
रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत अस्थायी ट्राफिक प्रहरी पोष्ट सेलेघाट र अस्थायी ट्राफिक प्रहरी पोष्ट खिम्तीबाट प्रहरी कर्मचारी विद्यालयमा खटिई विद्यार्थीलाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरेका हुन् ।
अस्थायी ट्राफिक प्रहरी पोष्ट सेलेघाटको समन्वयमा खाँडादेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी कक्षा सञ्चालन गरिएको थियो । त्यसैगरी, अस्थायी ट्राफिक प्रहरी पोष्ट खिम्तीअन्तर्गत तामाकोशी जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पनि ट्राफिक सचेतनासम्बन्धी प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरीे कार्यालय रामेछापले जनाएको छ ।
विद्यालयमा सञ्चालन गरिएको कक्षामा सडक प्रयोग गर्दा पैदलयात्रीले अपनाउनुपर्ने सावधानी, सवारीसाधनमा यात्रा गर्दा पालना गर्नुपर्ने सुरक्षा मापदण्ड, ट्राफिक संकेत तथा सडक चिह्नको अर्थ, जेब्राक्रसिङको प्रयोगलगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो । त्यसैगरी, सवारीसाधन चलाउँदा तथा सडकमा हिँड्दा ट्राफिक नियमको पालना नगर्दा हुनसक्ने दुर्घटना र त्यसबाट उत्पन्न हुने मानवीय तथा भौतिक क्षतिका विषयमा समेत विद्यार्थीलाई सचेत गराइएको थियो ।
प्रहरीका अनुसार विद्यालय तहदेखि नै बालबालिका तथा विद्यार्थीलाई ट्राफिक नियम र सडक सुरक्षाबारे सचेत गराउन सके भविष्यमा सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्नेछ । विद्यार्थीले सिकेका ट्राफिक नियम परिवार तथा समुदायसम्म पु¥याउन सक्ने भएकाले विद्यालयस्तरीय सचेतना कार्यक्रमलाई प्रभावकारी माध्यमका रूपमा लिइएको छ ।
सवारी दुर्घटनाको जोखिम बढ्दै गएको अवस्थामा चालक, यात्रु तथा पैदलयात्री सबैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा प्रहरीले जोड दिएको छ । सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्न प्रहरीसँगै विद्यालय, विद्यार्थी, अभिभावक र समुदायको समेत समान भूमिका रहने प्रहरीको भनाइ छ । सडक सुरक्षा र ट्राफिक अनुशासनसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनमा पनि विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने ट्राफिक प्रहरीे कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ

२७ साउन २०८३, बुधवार रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा

भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु

२६ साउन २०८३, मंगलवार रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४

रामेछाप अस्पतालमा मानसिक स्वास्थ्यको विशेषज्ञ सेवा सुरु

२३ साउन २०८३, शनिवार रामेछाप– रामेछाप अस्पतालले जिल्लामै पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । मानसिक