रामेछाप अस्पतालमा मानसिक स्वास्थ्यको विशेषज्ञ सेवा सुरु
२३ साउन २०८३, शनिवार
रामेछाप– रामेछाप अस्पतालले जिल्लामै पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विजया सत्यालको सेवा सुरु गरेको हो । अस्पतालका अनुसार डा. सत्यालले एमडी मनोचिकित्सा अध्ययन गर्नुभएको छ । उहाँबाट मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न समस्या भएका सेवाग्राहीलाई विशेषज्ञ परामर्श, मनोचिकित्सा तथा आवश्यकताअनुसार औषधि उपचार उपलब्ध हुनेछ ।
अस्पतालले दिएको जानकारीअनुसार नयाँ सेवाअन्तर्गत डिप्रेसन, चिन्ता तथा तनाव, निद्रासम्बन्धी समस्या, प्यानिक अट्याक, ओसीडी, बाइपोलार डिसअर्डर र स्किजोफ्रेनियालगायत मानसिक स्वास्थ्य समस्या भएका बिरामीको उपचार गरिनेछ । त्यसैगरी बालबालिका तथा किशोरकिशोरीमा देखिने मानसिक स्वास्थ्य समस्या, वृद्धावस्थामा उत्पन्न हुने मानसिक समस्या तथा मदिरा र लागूऔषध दुव्र्यसनसम्बन्धी उपचार तथा परामर्शसमेत उपलब्ध हुने जनाइएको छ ।
मानसिक स्वास्थ्य समस्यालाई सामान्य कमजोरी वा लुकाउनुपर्ने विषयका रूपमा नलिई अन्य स्वास्थ्य समस्याजस्तै समयमै पहिचान, परामर्श र उपचार गर्न आवश्यक रहेको अस्पतालले जनाएको छ । विशेषज्ञ चिकित्सकबाट समयमै परामर्श र उपचार प्राप्त गर्न सके मानसिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै व्यक्तिको दैनिक जीवन तथा सामाजिक सम्बन्धसमेत सहज बनाउन सकिने अस्पतालको भनाइ छ । रामेछापमा यसअघि मानसिक स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा लिन जिल्लाबाहिर, विशेषगरी काठमाडौँ तथा अन्य ठूला सहर पुग्नुपर्ने अवस्था रहेकामा अस्पतालमा नियमित विशेषज्ञ सेवा सुरु भएपछि स्थानीय नागरिकलाई उपचारका लागि बाहिर जानुपर्ने बाध्यता केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ ।
अस्पतालका अनुसार मानसिक स्वास्थ्य विशेषज्ञ सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। सेवा अस्पतालको मानसिक स्वास्थ्य कक्षबाट उपलब्ध हुनेछ । विशेषज्ञसँग परामर्श तथा अपोइन्टमेन्ट लिन ९७६५२०३३८४ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ। अस्पतालले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएमा लुकाएर राख्नुको सट्टा समयमै स्वास्थ्य संस्थामा पुगेर विशेषज्ञसँग परामर्श लिन सेवाग्राहीलाई आग्रह गरेको छ । 
लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ
२७ साउन २०८३, बुधवार रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा
भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु
२६ साउन २०८३, मंगलवार रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४
विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना
२६ साउन २०८३, मंगलवार रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना

प्रतिकृया दिनुहोस