भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु
२६ साउन २०८३, मंगलवार
रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४ च्यादलुमा सोमबार साँझ आएको भलबाढीले पाँच वर्षीय बालकलाई बगाउँदा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उमाकुण्ड गाउँपालिका–४ च्यादलुस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरी घर फर्कने क्रममा स्थानीय खोल्सामा आएको भलबाढीले बालकलाई बगाएको थियो ।
प्रहरीका अनुसार तिर्थे घर भएका तथा हाल सोही वडाको गौरीखर्कमा मावली घरमा बसेर अध्ययन गर्दै आएका बिक्रम सुनुवारका पाँच वर्षीय छोरा सुसान्त सुनुवारलाई आज साँझ करिब ५ बजे च्याखेधाराको खोल्सामा आएको भलबाढीले बगाएको थियो ।
अविरल वर्षासँगै अचानक आएको भेलका कारण बालक बगाएको सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो । खोजीका क्रममा बालकलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले शवको अवस्था तथा घटनाको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक कमल राउतले बालकलाई भलबाढीले बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
लगातारको वर्षाका कारण जिल्लाका ग्रामीण तथा पहाडी क्षेत्रमा खोल्सा, खहरे र नदीमा पानीको बहाव बढेको छ । प्रहरीले वर्षायाममा विशेषगरी विद्यालयबाट घर फर्कने बालबालिका तथा सर्वसाधारणलाई खोला, खोल्सा र बाढी प्रभावित क्षेत्रमा आवतजावत गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ
२७ साउन २०८३, बुधवार रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा
विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना
२६ साउन २०८३, मंगलवार रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना
रामेछाप अस्पतालमा मानसिक स्वास्थ्यको विशेषज्ञ सेवा सुरु
२३ साउन २०८३, शनिवार रामेछाप– रामेछाप अस्पतालले जिल्लामै पहिलोपटक नियमित मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । मानसिक

प्रतिकृया दिनुहोस