मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट
११ भदौ २०८३, बिहीबार
रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहना तथा फर्निचरलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।
बिहीबार साँझ करिब ७ः३० बजे स्थानीय ५७ वर्षीय एकबहादुर भुजेलको ढुङ्गा–सिमेन्टले बनेको, टायलको छानो भएको दुईतले कच्ची घरमा अचानक विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने कार्य गरिएको थियो ।
आगलागीबाट घर पूर्ण रूपमा नष्ट भएको भए पनि घरमा रहेका चौपायामा भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । आगलागीबाट भएको वास्तविक क्षतिको विवरण भने अझै खुल्न बाँकी रहेको छ ।
घरमा आगो लागेको देखेपछि घरधनी करिब ५३ वर्षीया उर्मिला भुजेल अचानक बेहोस भएकी थिइन्न । लाई तत्काल प्रहरीको गाडीमार्फत उपचारका लागि मन्थली अस्पताल पठाइएको थियो । हाल उहाँ होसमा आइसक्नुभएको र अस्पतालमा चिकित्सकले चेकजाँच गरिरहेको जनाइएको छ ।
घटनास्थल जिल्ला प्रहरी कार्यालय रामेछापबाट करिब ३ किलोमिटर पश्चिममा पर्दछ । आगलागीको थप विवरण तथा क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव
११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार
बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने
११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति
असल अभ्यासमा रामेछापका मन्थली र सुनापति सम्मानित
११ भदौ २०८३, बिहिवार रामेछाप— जिल्ला समन्वय समिति रामेछापले स्थानीय तहबाट सञ्चालन भएका नमूना तथा प्रभावकारी कार्यक्रमलाई प्रोत्साहन गर्ने

प्रतिकृया दिनुहोस