• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

रामेछापमा कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा ८ जना पक्राउ

०७ भदौ २०८३, आइतबार 

रामेछाप- काठमाडौँबाट चार वटा मोटरसाइकलमा रामेछाप आएका आठ जनाले खाँडादेवी गाउँपालिका–९ स्थित स्कुलडाँडामा एक व्यक्तिमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थली नगरपालिका–७ कल्लेरीका ३२ वर्षीय करण विकले पूर्वरिसइवीका कारण योजना बनाई आठ जनालाई काठमाडौँबाट बोलाई खाँडादेवी–९ का ३५ वर्षीय जीवन विकमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब ७ बजे कुटपिटबाट जीवन विक गम्भीर घाइते भई बेहोस भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घाइतेलाई तत्काल उपचारका लागि मन्थलीस्थित रामेछाप सामुदायिक अस्पताल पठाएको जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा गोपाल विक, दिपेन्द्र लोहार, नारायण लोहार, करण विक, विपना खाती, सिन्धुली सुनकोसी गाउँपालिका–४ का रमन विक, रमेश विक र चतुरलाल विकलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट घटनामा प्रयोग भएको भनिएका चार वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा नारायण लोहारको नाममा रहेको बा.९६प ६१२१ नम्बरको जिक्सर, करण विकको बा.प्र.०२–०३५प ७९९३ नम्बरको पल्सर, रमेश विकको बा.प्र.०२–०१८प २०३२ नम्बरको जिक्सर र चतुरलाल विकको बा.२६प २१९८ नम्बरको पल्सर मोटरसाइकल रहेका छन् । घटनामा संलग्न आठै जनामाथि ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल राउतले जानकारी दिनुभयो । प्रहरीले घटनाको कारण, संलग्न व्यक्तिहरूको भूमिका तथा कुटपिटमा प्रयोग भएका साधनलगायत विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव

११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार

मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट

११ भदौ २०८३, बिहीबार  रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ

बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने 

११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति