• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

असल अभ्यासमा रामेछापका मन्थली र सुनापति सम्मानित

११ भदौ २०८३, बिहिवार
रामेछाप— जिल्ला समन्वय समिति रामेछापले स्थानीय तहबाट सञ्चालन भएका नमूना तथा प्रभावकारी कार्यक्रमलाई प्रोत्साहन गर्ने उद्देश्यले जिल्लाका दुई स्थानीय तहलाई सम्मान गरेको छ । आठ स्थानीय तहमध्ये छुट्टाछुट्टै क्षेत्रमा अनुकरणीय काम गर्दै असल अभ्यास स्थापित गरेको भन्दै मन्थली नगरपालिका र सुनापति गाउँपालिकालाई प्रमाणपत्रसहित सम्मान गरिएको हो ।
जिल्ला समन्वय समितिले मंगलबारदेखि सदरमुकाम मन्थलीमा आयोजना गरेको दुईदिने वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रमका अवसरमा दुवै स्थानीय तहलाई सम्मान गरेको हो । समितिले गत वर्षदेखि जिल्लाका स्थानीय तहले कार्यान्वयन गरेका प्रभावकारी कार्यक्रम पहिचान गरी उत्कृष्ट अभ्यासलाई सम्मान गर्दै आएको छ ।  मन्थली नगरपालिकालाई ‘भू–उपयोग वर्गीकरण तथा कार्यान्वयन’ सम्बन्धी कामलाई प्रभावकारी रूपमा अघि बढाएकोमा सम्मान गरिएको जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्कीले जानकारी दिए । मन्थली नगरपालिका गत वर्ष पनि असल अभ्यासका लागि सम्मानित भएको थियो  । त्यसैगरी सुनापति गाउँपालिकालाई पालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनापति पर्यटन विकासका लागि धार्मिक पर्यटन पूर्वाधार १०८ लहरेमाने निर्माण तथा शिव मन्दिर निर्माण’ कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको भन्दै सम्मान गरिएको हो । सम्मानित दुवै स्थानीय तहले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम जिल्लास्तरबाट छनोट भई बागमती प्रदेशस्तरीय प्रस्तुतीकरणका लागि समेत छनोट भएका थिए ।
 प्रदेशस्तरीय छनोट प्रक्रियामा उत्कृष्टता हासिल गरेका कार्यक्रमलाई स्थानीय तहको प्रभावकारी अभ्यासका रूपमा हेरिएको जिल्ला समन्वय समितिले जनाएको छ । सम्मान कार्यक्रममा सांसद एवं अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकी र जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले संयुक्त रूपमा मन्थली नगरका प्रमुख लव श्रेष्ठ र सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टलाई प्रमाणपत्र प्रदान गरे । जिल्ला समन्वय समितिको सभा हलमा सञ्चालन भएको वार्षिक समीक्षा कार्यक्रममा गत आर्थिक वर्ष २०८२ मा जिल्लामा सञ्चालित विकास निर्माण तथा सेवा प्रवाहसँग सम्बन्धित कार्यक्रमको समीक्षा गर्नुका साथै स्थानीय तहका असल अभ्यासबारे अनुभव आदानप्रदान गरिएको छ ।
कार्यक्रममा जिल्लाका आठवटै स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतसहित संघीय तथा प्रदेश सरकारअन्तर्गतका कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास तथा सेवा प्रवाहसम्बन्धी कार्यक्रम, चुनौती र प्राथमिकताका विषयमा समेत छलफल भएको थियो ।

 

प्रतिकृया दिनुहोस

बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव

११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार

मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट

११ भदौ २०८३, बिहीबार  रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ

बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने 

११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति