• ON AIRपप,आधुनिक गितहरु
  • नेपाल खबर (उज्यालो)

तिब्बतबाट आएको बाढीले रसुवामा वितण्डा, रामेछापका ३२ नागरिक बेपत्ता भएको प्रारम्भिक सूचना

१० भदौ २०८३, वुधवार
रामेछाप( तिब्बततर्फबाट आएको बाढीले रसुवासहित उत्तरी क्षेत्रका नदी तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएपछि रामेछापका ३२ जना नागरिक बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । सोमबार बिहान आएको बाढीपछि रसुवामा विभिन्न काम तथा व्यवसायका सिलसिलामा पुगेका रामेछापका नागरिकहरू परिवारको सम्पर्कमा नआएको र उनीहरू बेपत्ता भएको आशङ्कामा परिवारले सम्बन्धित निकायलाई जानकारी गराएका हुन् ।पारिवारिक स्रोतबाट प्राप्त नामावलीमा रामेछापका विभिन्न पालिकाका ३२ जना नागरिकको नाम समावेश छ । तर, नामावलीमा रहेका सबै व्यक्ति बाढीमा बेपत्ता भएको विषयमा आधिकारिक पुष्टि भइनसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक कमल राउतले बताउनुभयो । उहाँका अनुसार प्रहरीलाई प्राप्त सूचनाका आधारमा विवरण संकलन गरी सम्बन्धित सुरक्षा निकाय तथा परिवारसँग समन्वय गरेर वास्तविक अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ । बाढीपछि रामेछापका नागरिकको अवस्था बुझ्न परिवारजन चिन्तित बनेका छन् । रसुवामा रहेका आफन्तसँग सम्पर्क हुन नसकेपछि परिवारले प्रहरी तथा स्थानीय प्रशासनसँग खोजीका लागि आग्रह गरिरहेका छन् । यसैबीच, बाढी प्रभावित रसुवालगायतका क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र पारिएको छ । नदीमा आएको आकस्मिक बाढीले सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ भने विभिन्न स्थानमा नागरिक सम्पर्कविहीन भएको विवरण सार्वजनिक भइरहेका छन् । प्रहरीका अनुसार अहिलेको अवस्थामा सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट आएका अपुष्ट विवरणलाई अन्तिम तथ्यका रूपमा सार्वजनिक गर्नुभन्दा सम्बन्धित परिवार र सुरक्षा निकायबाट प्रमाणीकरण गरिनु आवश्यक छ । रामेछाप प्रहरीका प्रवक्ता राउतले प्राप्त विवरणको आधिकारिक पुष्टि भएपछि मात्र बेपत्ता नागरिकको यकिन अवस्था सार्वजनिक गरिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

बालमैत्री स्थानीय शासनयुक्त मन्थलीको पहिलो वार्षिकोत्सव

११ भदौ २०८३, विहिवार रामेछाप– बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा भएको एक वर्ष पूरा भएको अवसरमा मन्थली नगरपालिकाले बालबालिकाको सहभागिता, अधिकार

मन्थली–२ कठजोर खोलामा भीषण आगलागी, घर पूर्ण रूपमा नष्ट

११ भदौ २०८३, बिहीबार  रामेछाप । मन्थली नगरपालिका–२ कठजोर खोलास्थित एक घरमा विद्युत् लाइन सर्ट भएर भीषण आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ

बाढीपीडितका लागि सुनापति गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग गर्ने 

११ भदौ २०८३, बिहिवार रामेछाप– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका पीडितको उद्धार तथा राहतका लागि रामेछापको सुनापति