• ON AIR
  • स्टेशन सुभारम्भ

एमाले रामेछापको नयाँ पार्टी कार्यालय उद्घाटन, ‘मिसन पार्टी जागरण अभियान’ तीव्र बनाउने

२२ साउन २०८३, शुक्रवार
रामेछाप– नेकपा (एमाले) रामेछापले मन्थली नगरपालिका–१ आकाशेमा निर्माण गरेको नवनिर्मित जिल्ला पार्टी कार्यालय ‘मदन–आश्रित स्मृति भवन’ सञ्चालनमा ल्याएको छ । पार्टीका महासचिव शंकर पोखरेलले आज एक कार्यक्रमबीच भवनको उद्घाटन गर्नुभएको हो ।
करिब एक करोड ५० लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा केही निर्माण कार्य अझै बाँकी रहेको एमाले रामेछापले जनाएको छ । बाँकी काम सम्पन्न भएपछि भवन निर्माणको कुल लागत करिब दुई करोड पुग्ने अनुमान गरिएको छ ।
आधुनिक संरचनासहित निर्माण गरिएको भवनमा पार्टीको प्रशासनिक कामकाजका लागि कार्यालय कक्ष, बैठक तथा छलफलका लागि बैठक कक्ष र प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न तालिम हललगायतका पूर्वाधार राखिएका छन् । नयाँ भवनबाट पार्टीका नियमित प्रशासनिक, सांगठनिक तथा प्रशिक्षणसम्बन्धी गतिविधि सञ्चालन गर्न सहज हुने एमाले रामेछापको भनाइ छ ।
यसअघि जिल्ला पार्टी कार्यालयका लागि उपलब्ध पूर्वाधार सीमित हुँदा विभिन्न गतिविधि सञ्चालनमा कठिनाइ हुने गरेकोमा नयाँ भवनले संगठनका नियमित कामलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । भवनलाई पार्टीको सांगठनिक गतिविधि, बैठक, प्रशिक्षण तथा कार्यकर्ता परिचालनका लागि उपयोग गरिने जनाइएको छ ।
यसैबीच एमाले रामेछापले ‘मिसन पार्टी जागरण अभियान–२०८३’ लाई जिल्लामा औपचारिक रूपमा अघि बढाएको जनाएको छ । पार्टी संगठनलाई थप सक्रिय, व्यवस्थित र जनस्तरसम्म प्रभावकारी बनाउने उद्देश्यसहित अभियानलाई जिल्ला सदरमुकामदेखि स्थानीय तह, वडा र टोलस्तरसम्म सञ्चालन गर्ने तयारी गरिएको हो ।
अभियानमार्फत पार्टीका सांगठनिक गतिविधिलाई तल्लो तहसम्म विस्तार गर्ने, कार्यकर्ताबीच समन्वय र सक्रियता बढाउने तथा संगठनलाई थप चलायमान बनाउने लक्ष्य लिइएको एमाले रामेछापले जनाएको छ । अभियान जिल्ला, पालिका, वडा हुँदै टोल तहसम्म केन्द्रित हुने बताइएको छ । नवनिर्मित पार्टी कार्यालयको उद्घाटनसँगै जिल्लामा पार्टीको सांगठनिक गतिविधिलाई थप व्यवस्थित बनाउने र ‘मिसन पार्टी जागरण अभियान–२०८३’ मार्फत संगठनलाई स्थानीय तहसम्म थप सुदृढ बनाउने एमाले रामेछापको तयारी देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ

२७ साउन २०८३, बुधवार रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा

भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु

२६ साउन २०८३, मंगलवार रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

२६ साउन २०८३, मंगलवार रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना