• ON AIR
  • स्टेशन सुभारम्भ

डेंगी नियन्त्रणमा रामेछापको ‘लार्भा खोज र नष्ट गर’ अभियान, घरघरमा सचेतना

२१ साउन २०८३, बिहिवार
रामेछाप– वर्षायामसँगै डेंगी संक्रमणको जोखिम बढ्न थालेपछि रामेछाप बजार क्षेत्रमा डेंगी नियन्त्रण तथा रोकथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । देशभर साउन महिनालाई ‘डेंगी सचेतना महिना’का रूपमा मनाउने अभियानअन्तर्गत बजार तथा आसपासका क्षेत्रमा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने तथा स्थानीयवासीलाई रोगसम्बन्धी सचेत गराउने काम गरिएको हो ।
अभियानका क्रममा डेंगी रोग सार्ने एडिज जातको लामखुट्टेको सम्भावित प्रजननस्थल पहिचान गर्दै घर, पसल, कार्यालय तथा सार्वजनिक स्थान आसपास पानी जम्न सक्ने ठाउँको खोजी गरिएको थियो । पानी जमेको वा लामखुट्टेले प्रजनन गर्न सक्ने सम्भावित स्थानमा सरसफाइ गर्नुका साथै स्थानीयवासीलाई त्यस्ता स्थान नियमितरूपमा निरीक्षण गरी तत्काल सफा गर्न आग्रह गरिएको थियो ।
विशेषगरी गमला, पुराना टायर, ड्रम, बाल्टिन, बोतल तथा अन्य खुला भाँडामा पानी जम्न नदिन र प्रयोगमा नरहेका सामग्री व्यवस्थितरूपमा राख्न अभियानमा सहभागीले सुझाव दिएका थिए । डेंगी नियन्त्रणका लागि लामखुट्टेको संख्या घटाउनेभन्दा पनि यसको प्रजननस्थल नष्ट गर्नु प्रभावकारी हुने भएकाले नागरिकको दैनिक व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिइएको थियो ।
रामेछाप नगरपालिकाका अनुसार वर्षायाममा पानी जम्ने स्थान बढेसँगै डेंगी फैलाउने लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्न सक्ने भएकाले सचेतना अभियानलाई निरन्तरता दिन आवश्यक छ । नगरपालिकाले स्थानीयवासीलाई घर तथा कार्यस्थल वरपर पानी जम्न नदिने, फोहोर व्यवस्थापनमा ध्यान दिने र लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।
अभियानमा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको सहभागिताले डेंगी नियन्त्रणमा सामूहिक प्रयासको आवश्यकता औँल्याएको नगरपालिकाले जनाएको छ । डेंगी नियन्त्रणका लागि ‘लार्भा खोजौँ, नष्ट गरौँ, डेंगीबाट बचौँ’ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै प्रत्येक नागरिकले आफ्नो घर तथा समुदायबाटै अभियान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

 

प्रतिकृया दिनुहोस

लागुऔषध सेवन गरी सवारी चलाउने दुई चालक रामेछापबाट पक्राउ

२७ साउन २०८३, बुधवार रामेछाप– बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा कायम गर्ने उद्देश्यले रामेछापमा गरिएको लागुऔषध सेवन परीक्षणका क्रममा

भलबाढीले उमाकुण्डमा पाँच वर्षीय बालकको मृत्यु

२६ साउन २०८३, मंगलवार रामेछाप- अविरल वर्षासँगै आएको भलबाढीले रामेछापको उमाकुण्ड गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका–४

विद्यार्थीलाई ट्राफिक नियमबारे सचेतना

२६ साउन २०८३, मंगलवार रामेछाप— सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा विद्यालयस्तरीय ट्राफिक सचेतना