• ON AIRउज्यालो न्यूज
  • विज्ञापन

श्रमदानबाट विकास निर्माणमा जुटे भुजीवासी, बालमैत्री वडा घोषणाको तयारी

१६ कार्तिक २०८३, सोमवार
रामेछाप– सीमित सरकारी बजेटका कारण विकास निर्माणका काम प्रभावित नहोऊन् भन्ने उद्देश्यसहित रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीका स्थानीयवासी सामूहिक श्रमदानमा जुटेका छन् । विकास निर्माणमा जनसहभागिता बढाउँदै सार्वजनिक संरचनाको निर्माणलाई पूर्णता दिन स्थानीय बासिन्दाले आफैँ श्रम र समय खर्चिन थालेपछि वडामा सामुदायिक एकताको उदाहरणसमेत देखिएको छ ।
चालु आर्थिक वर्षमा वडा कार्यालयको घेराबार (कम्पाउन्ड) निर्माणका लागि विनियोजित रु सात लाख बजेटबाट आवश्यक रड, सिमेन्टलगायत निर्माण सामग्री खरिद गरिएको थियो। विनियोजित रकम निर्माण सामग्रीमै खर्च भएपछि बाँकी काम सम्पन्न गर्न स्थानीयवासीले स्वस्फूर्त रूपमा श्रमदान सुरु गरेका हुन् । निर्माण कार्यलाई निरन्तरता दिन साबिकका वडाहरूबाट पालैपालो स्थानीय बासिन्दा परिचालन गरिएको छ। प्रत्येक समूहले तीन–तीन दिनका दरले श्रमदान गर्दै आएको छ । सरकारी बजेटले मात्रै सबै काम सम्पन्न गर्न कठिन हुने अवस्थामा स्थानीयवासीले सामूहिक सहभागिता जनाउँदै बाँकी निर्माण कार्य अघि बढाएका हुन् । स्थानीय तहबाट सञ्चालन हुने विकास योजनामा नागरिकको प्रत्यक्ष सहभागिता बढ्दा सार्वजनिक संरचनाप्रति अपनत्व र जिम्मेवारीसमेत अभिवृद्धि हुने अपेक्षा गरिएको छ । भुजीमा देखिएको श्रमदान अभियानले सीमित स्रोतसाधनका बाबजुद स्थानीय एकताबाट विकास निर्माणलाई गति दिन सकिने सन्देश दिएको छ ।
यसैबीच, उमाकुण्ड गाउँपालिका–७ भुजीले आगामी मङ्सिरको पहिलो साताभित्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई नै बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रूपमा घोषणा गर्ने अभियानअन्तर्गत वडा तहमा आवश्यक तयारी तीव्र पारिएको हो । बालअधिकारको संरक्षण, बालबालिकाको अर्थपूर्ण सहभागिता, शिक्षा, स्वास्थ्य, संरक्षण तथा बालविकाससँग सम्बन्धित सूचक पूरा गर्दै वडालाई बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको छ। यसका लागि आवश्यक सूचक तथा आधारहरू पूरा गर्ने कामलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
वडा अध्यक्ष रुद्रमणि नेवारले स्थानीयवासीको सक्रिय सहभागिताले विकास निर्माणका काम अघि बढाउन थप ऊर्जा र उत्साह मिलेको बताउनुभयो। राज्यबाट प्राप्त हुने सीमित बजेटका बाबजुद नागरिकले स्वस्फूर्त रूपमा श्रमदान गरेर जनप्रतिनिधिको अभियानमा साथ दिनु सकारात्मक भएको उहाँको भनाइ छ । “राज्यको बजेटसँगै जनसमुदायले पनि काँधमा काँध मिलाएर श्रमदान गर्दा अत्यन्तै खुसी लागेको छ। जनताको साथ र अपनत्वले वडाको विकासलाई अगाडि बढाउन सहज भएको छ”, उहाँले भन्नुभयो ।
भौतिक पूर्वाधार निर्माणमा जनसहभागिता र बालअधिकार संरक्षणलाई सँगसँगै अघि बढाएको भुजीको अभियानले स्थानीय सरकार र नागरिकबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। श्रमदानमार्फत सार्वजनिक निर्माणलाई पूर्णता दिने प्रयाससँगै बालमैत्री वडा घोषणाको तयारीले भुजीमा विकास र सामाजिक रूपान्तरणका गतिविधि एकसाथ अघि बढेका छन् ।

 

प्रतिकृया दिनुहोस

दसैँ सुरक्षा अभियानः रामेछापमा १५२ सवारीसाधन कारबाहीमा, १ लाख ६५ हजार राजस्व संकलन

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– दसैँ पर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय रामेछापले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा

रामेछापका साढे नौ हजारभन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– बालबालिकाको पोषण अवस्था सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले रामेछापमा भिटामिन ‘ए’

रामपुरमा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै, विजेतालाई ८० हजार पुरस्कार

१७ कार्तिक २०८३, मंगलवार रामेछाप– खेलकुदको माध्यमबाट युवामा प्रतिस्पर्धात्मक भावना, अनुशासन र स्वस्थ जीवनशैलीको विकास गर्ने उद्देश्यले रामेछाप

↑