कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्दा रामेछापमा एक जनाको मृत्यु
२० असोज २०८३, मंगलवार
रामेछाप– रामेछापको लिखुतामाकोशी गाउँपालिका–२ सैपुमा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महत रहेको प्रहरीले जनाएको छ । प्राप्त विवरणअनुसार महत २०८३ असोज १९ गते मध्यान्ह करिब १२ बजे घरबाट कमेरो माटो लिन जान्छु भनी निस्किनुभएको थियो । उहाँ दिउँसो ३ बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा स्थानीयले खोजी सुरु गरेका थिए ।
खोजीका क्रममा असोज २० गते दिउँसो करिब १२ः३० बजे घरदेखि करिब डेढ किलोमिटर उत्तरतर्फ रहेको कमेरो माटो निकाल्ने स्थानमा माटोको ढिस्को खसेको भेटिएको थियो । स्थानीय तथा सुरक्षाकर्मीको सहयोगमा ढिस्को पन्छाएर खोजी गर्ने क्रममा महतको शव फेला परेको हो । प्रारम्भिक विवरणअनुसार कमेरो माटो निकाल्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर महत पुरिनुभएको देखिएको छ । घटनास्थलबाट शव निकालेर आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत कारण तथा माटो निकाल्ने क्रममा अपनाइएको सुरक्षाका उपायलगायत विषयमा समेत अनुसन्धान भइरहेको बताइएको छ ।
बडा दशैं अवसरमा धोबीमा विविध प्रतियोगिता आयोजना हुने
२१ असोज २०८३, बुधवार रामेछाप– बडा दशैं २०८३ को अवसरमा रामेछापको धोबीमा विभिन्न मनोरञ्जनात्मक तथा सिर्जनात्मक प्रतियोगिता आयोजना हुने भएको छ ।
रामेछाप नगरपालिका-१ का वडाध्यक्ष खत्रीद्वारा राजीनामा
२१ असोज २०८३, बुधबार रामेछाप— रामेछाप नगरपालिका वडा नं. १ (गोठगाउँ) का वडाध्यक्ष रेखबहादुर खत्रीले आफ्नो पदबाट राजीनामा दिएका छन् । नगरपालिकाको
बेरुजु शून्यदेखि पर्यटन प्रवद्र्धनसम्मः सुनापतीमा प्रशासनिक सुधार र विकासको नयाँ अभ्यास
२१ असोज २०८३, बुधवार रामेछाप– सुनापती गाउँपालिकाले आर्थिक सुशासन, प्रशासनिक सुधार, विकास निर्माण, पर्यटन प्रवद्र्धन तथा सेवा प्रवाहलाई

प्रतिकृया दिनुहोस