• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापमा उत्कृष्ट कार्यसम्पादनः प्रहरी निरीक्षक कमल राउत ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

५ असोज २०८३, सोमवार 

रामेछाप— जिल्ला प्रहरी कार्यालय रामेछापले २०८३ भदौ महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गर्दै प्रहरी निरीक्षक कमल राउतलाई सम्मानित गरेको छ । सांगठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी र पदीय दायित्वलाई इमानदारी, बफादारी तथा व्यावसायिक सुझबुझका साथ सम्पादन गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो । प्रहरी निरीक्षक राउतले रामेछापको मन्थली नगरपालिका वडा नं. ०७ स्थित कौछिनिमा भएको मनोज सार्कीको शंकास्पद मृत्युको घटनामा संलग्न अभियुक्तहरूलाई कानुनी दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । यसैगरी, गोकुलगंगा गाउँपालिका वडा नं. २ का भगवान कार्कीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषको नाममा नक्कली ट्रान्स्याक्सन स्लिप बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको साइबर अपराध सम्बन्धी प्रकरणमा पनि उनले तदारुकताका साथ कारबाही अघि बढाएका थिए ।

यस्तै, खाँडादेवी गाउँपालिका वडा नं. २ मझुवामा वृद्धदम्पतीलाई नियन्त्रणमा लिई गरिएको डकैती तथा रुद्रेश्वर महादेव मन्दिरको दानपेटिका चोरी घटनामा संलग्न ५ जना अभियुक्तहरूलाई काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट सुनचाँदीका गहना तथा नगदसहित पक्राउ गर्न राउतको कमाण्डमा प्रहरी टोली सफल भएको थियो । अनुसन्धानका क्रममा उक्त गिरोह अन्य ८ वटा कसूरहरूमा समेत संलग्न रहेको पुष्टि भएपछि कानुनी कारबाही अघि बढाइएको छ । "महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७९" बमोजिम राउतको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै अन्य कर्मचारीहरूलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले यो घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

लोककल्याणकारी विज्ञापनको बिल नबुझ्न हुलाक कार्यालयलाई पत्रकार महासंघ रामेछापको आग्रह

५ असोज २०८३, सोमवार रामेछाप– नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले छापा सञ्चारमाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी संशोधित

इजरायल पठाइदिने भन्दै साढे दुई करोड ठग्ने काँग्रेस रामेछापको नेता चौलागाई पक्राउ

३ असोज २०८३, शनिवार रामेछाप— प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा

रामेछापमा संविधान दिवसः प्रभातफेरीदेखि अस्पतालका बिरामीलाई फलफूल वितरणसम्म

३ असोज २०८३, शनिवार रामेछाप– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रामेछापमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्ला