लिखु तामाकोशीमा ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा परीक्षण
३ असोज २०८३, शनिवार
रामेछाप– लिखु तामाकोशी गाउँपालिकामा विद्यालयस्तरीय आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत ४ विद्यालयका ५२५ विद्यार्थीको आँखा परीक्षण (स्क्रिनिङ) गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंको सहयोग तथा लिखु तामाकोशी गाउँपालिकाको आयोजनामा सञ्चालित कार्यक्रममा विद्यार्थीको आँखाको अवस्था परीक्षण गरी आवश्यकताअनुसार चश्मा तथा औषधि सिफारिस गरिएको हो ।
कार्यक्रमअन्तर्गत श्री माध्यमिक विद्यालय ज्यामिरेखानीका १२९ विद्यार्थीको आँखा परीक्षण गरिएकोमा २ जनालाई चश्मा र २ जनालाई औषधि आवश्यक देखिएको थियो । त्यसैगरी भुमेथान आधारभूत विद्यालयका २४ विद्यार्थीको परीक्षण गर्दा २ जनालाई औषधि आवश्यक देखिएको थियो भने चश्मा लगाउनुपर्ने विद्यार्थी फेला परेका थिएनन् ।
नागथली आधारभूत विद्यालयका ७ विद्यार्थीको आँखा परीक्षण गर्दा सबैको आँखाको अवस्था सामान्य पाइएको थियो । यस्तै, तामाकोशी जनजागृति माध्यमिक विद्यालयमा सबैभन्दा बढी ३६५ विद्यार्थीको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६ जना विद्यार्थीलाई चश्मा र ८ जनालाई औषधि आवश्यक देखिएको आयोजकले जनाएको छ ।
चारवटै विद्यालयमा गरिएको परीक्षणबाट कुल ५२५ विद्यार्थीमध्ये ८ जनालाई चश्मा र १२ जनालाई आँखासम्बन्धी औषधि आवश्यक देखिएको थियो । परीक्षणमा समस्या पहिचान भएका विद्यार्थीलाई उपचार तथा थप परीक्षणका लागि आवश्यक परामर्शसमेत दिइएको थियो ।
आँखा परीक्षणमा सहभागी विद्यार्थी तथा बिरामीलाई चश्मामा अधिकतम रु. ७ सयसम्म छुट तथा औषधिमा रु. १ हजारसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ । लिखु तामाकाशी गाउँपालिकाको सबै वडामा रहेका विध्यालयहरुमा विद्यार्थीहरुको आँखा परीक्षण (स्क्रिनिङ) कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ । विद्यालय तहमा नै नियमित रूपमा आँखाको परीक्षण गर्दा बालबालिकामा देखिने दृष्टिसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारमा लैजान सहयोग पुग्ने कार्यक्रमका आयोजकको भनाइ छ ।
विद्यालयमा अध्ययनरत बालबालिकामा आँखाको समस्या भए पनि त्यसबारे जानकारी नहुन सक्ने भएकाले यस्ता स्क्रिनिङ कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ । कार्यक्रमले विद्यार्थीको आँखाको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी लिन तथा समस्या देखिएका विद्यार्थीलाई समयमै स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सहयोग गरेको छ ।
इजरायल पठाइदिने भन्दै साढे दुई करोड ठग्ने काँग्रेस रामेछापको नेता चौलागाई पक्राउ
३ असोज २०८३, शनिवार रामेछाप— प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम र पदको दुरुपयोग गरी इजरायल पठाइदिने प्रलोभनमा करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा
रामेछापमा संविधान दिवसः प्रभातफेरीदेखि अस्पतालका बिरामीलाई फलफूल वितरणसम्म
३ असोज २०८३, शनिवार रामेछाप– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा रामेछापमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरिएको छ । दिवसका अवसरमा जिल्ला
चोरीको गहना खरिद गरेको आरोपमा उद्योग वाणिज्य संघ रामेछापका सचिव लोहार पक्राउ
२९ भदौ २०८३, आइतबार रामेछाप- महिलालाई नसालु पदार्थ सेवन गराई वेहोस बनाएर सुनको गहना चोरी गर्ने र उक्त गहना खरिद गर्ने कार्यमा संलग्न दुई जनालाई

प्रतिकृया दिनुहोस