रामेछापको गाइखुरामा बन्ने भयो एकीकृत वस्ती
मन्थली– रामेछाप सहित देशका ३ जिल्लामा गरी ५ ओटा एकीकृत बस्ती बन्ने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोक जिल्लामा पाँचवटा एकीकृत बस्ती विकासको प्रारम्भिक योजना स्वीकृत गरेको हो । प्राधिकरणका अनुसार रामेछापको मन्थली नगरपालिका–८ मा गाइखुरा एकीकृत बस्ती ,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका–१२ स्थित नमदोलिङमा एकीकृत बस्ती र भोटेकोशी गाउँपालिका ५ को त्याङथाली एकीकृत नमूना बस्ती बनाउने योजनालाई स्वीकृत गरीएको छ । ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि पहिलो पटक बसेको बैठकले काभ्रेपलाञ्चोक जिल्लाको मन्डनदेवपुर नगरपालिका, तीनधारामा होमस्टेसहितको एकीकृत नमुना बस्ती विकास गर्ने योजना पनि स्वीकृत गरेको छ । यसैगरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सेवाग्राहीको आवास निर्माणसम्बन्धी गुनासो प्रमाणित गर्ने अधिकार स्थानीय तहलाई नै दिएको छ । निजी निवास निर्माणको गुनासोमा देखिएको समस्या सम्बोधन गरी प्रमाणित गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिने निर्णय गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडलाई, न्यु स्टार उपविजेता
२९ असोज २०८३, बिहिवार रामेछाप– चौथो रामेछाप कप फुटबल प्रतियोगिताको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड क्लबले जितेको छ । मन्थलीमा बिहीबार भएको
एनसीसी तालिममा रामेछापका विद्यालयको उत्कृष्ट नतिजा, पटनादेवी बन्यो प्रथम
२८ असोज २०८३, बुधबार रामेछाप- नेपाली सेनाद्वारा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) को सि.सं. ५२ जुनियर डिभिजन क्याडेट तालिमअन्तर्गत आयोजित वार्षिक
खिम्ती ग्रामीण विद्युत सहकारीद्वारा ई–सेवा मार्फत महसुल भुक्तानी सुरु
२८ असोज २०८२, बुधबार रामेछाप- खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले विद्युत महसुल भुक्तानी प्रक्रियालाई सहज, सरल र प्रविधिमैत्री बनाउने

प्रतिकृया दिनुहोस