• ON AIR

धारिलो हतियार प्रहारबाट एक युवकको अवस्था गम्भिर

६ असोज ,रामेछाप- पसलको सामान चोरि भएको बिषयलाई लिएर दुईपक्ष बिच झगडा हुँदा रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ घ्याङडाँडाका जयवहादुर लामा माथी स्थानिय छिरिङ लामा र उनका छोरा महेश लामाले धारिलो हतियारले हान्दा उनको अवस्था गम्भिर रहेको छ ।

धोवीडाँडामा रहेको किराना पसलको सामान चोरी भएको भन्ने बिषयलाई लिएर शनिवार दुई छिमेकी विच भनाभन भएपछि उक्त भनाभन हतियारमा परिणत भएको थियो । दुईपक्ष भनाभन वढ्दै गएपछि छिरिङ र उनका छोरा महेशले अकस्मात धारिलो हतियारले जयवहादुर माथि आक्रमण गरेका थिए । आक्रमणमा परि गम्भिर घाइते भएका जयवहादुरलाई स्थानियले उद्धार गरि मन्थली स्थित तामाकोशी सहकारी अस्पतालमा उपचारको लागि पठाएका थिए ।

उनको मन्थलीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको उपचारमा संलग्न चिकित्सकले वताएका छन् । घाइते लामाको फोक्सो समेत काटिएको जनाइएको छ । घटनामा संलग्न छिरिङ र उनका छोरा महेश लामालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना, एक युवाको ज्यान गयो

३ वैशाख २०८१, सोमवार रामेछाप– रामेछापको भिरपानीमा मोटरसाइकल दुर्घटना हुँदा चालक मन्थली घर भएका एक जनाको ज्यान गएको छ । पछाडि बस्ने अर्का एक जना

रेणुका मा.वि.बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गयो

२३ चैत २०८०, शुक्रवार रामेछाप– रेणुका माध्यामीक विद्यालय हिमगंगा बाट एसइई दिने एक विद्यार्थीको लिखु खोलामा डुबेर ज्यान गएको छ ।  बिहीबार हिमगंगा

ओखलढुङ्गामा उसिनेको अण्डा अड्किएर एक जनाको ज्यान गयो  

१० चैत २०८०, शनिवार रामेछाप– ओखलढुङ्गामा उसिनेको अण्डा खाने क्रममा अड्किएर एक जनाको ज्यान गएको छ । शुक्रवार साँझ रामपुरको एक होटेलमा उसिनेको अण्डा