• ON AIR
  • स्टेशन सुभारम्भ

दोरम्बा शैलुङलाई हराउँदै सुनापतिले जित्यो मैत्रीपूर्ण फुटबलको उपाधि

१८ असोज २०८३, आइतवार
रामेछाप— खेलकुदका माध्यमबाट स्थानीय तहबीच आपसी मित्रता, सहकार्य र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिवसीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाबीच आयोजित प्रतियोगितामा तीनवटै स्थानीय तहका टोलीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताले खेलकुदको माध्यमबाट स्थानीय तहबीचको सम्बन्ध थप सुदृढ बनाउन योगदान पु¥याएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लीग चरणमा दोरम्बा शैलुङ गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै चार अङ्कसहित पहिलो स्थान हासिल गरी फाइनलमा प्रवेश गरेको थियो । लीग चरणको पहिलो खेलमा सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाबीचको खेल २–२ गोलको बराबरीमा टुङ्गिएको थियो । दोस्रो खेलमा दोरम्बा शैलुङ गाउँपालिकाले खाँडादेवी गाउँपालिकालाई २–० गोलले पराजित गरेको थियो ।
त्यस्तै, लीग चरणको अर्को खेलमा सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाबीचको प्रतिस्पर्धा १–१ गोलको बराबरीमा सकिएको थियो । उक्त नतिजाका आधारमा दोरम्बा शैलुङ गाउँपालिका चार अङ्कसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । प्रतियोगिताको फाइनलमा भने लीग चरणमा दोस्रो स्थानमा रहेको सुनापति गाउँपालिकाले दोरम्बा शैलुङ गाउँपालिकामाथि १–० गोलको जित निकाल्दै उपाधि हात पार्न सफल भयो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा सुनापति गाउँपालिकाले निर्णायक एक गोल गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
फाइनलमा पराजित दोरम्बा शैलुङ गाउँपालिका प्रतियोगिताको उपविजेतामा सीमित भयो । प्रतियोगिताको उपाधि जितेको सुनापति गाउँपालिकालाई आयोजक तथा सहभागी टोलीहरूले बधाई दिएका छन् । स्थानीय तहबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुका साथै युवालाई खेलकुदतर्फ आकर्षित गर्ने, प्रतिभाको पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ । प्रतियोगितामा सहभागी तीनवटै गाउँपालिकाका खेलाडी, प्रशिक्षक तथा सम्बन्धित पक्षले देखाएको खेलभावना र अनुशासनले प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

सर्वाधिक मतसहित निर्वाचित दीपक खड्काद्वारा पत्रकार सम्मेलन

१७ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पार्टी सचिव तथा नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि दीपक खड्काले

रामेछाप कांग्रेस महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक, बिनिता खड्का सर्वाधिक मतसहित शीर्ष स्थानमा

१७ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ

दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने

१६ असोज २०८३, शुक्रवार रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो

↑