• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछाप कांग्रेस महाधिवेशन प्रतिनिधिको नतिजा सार्वजनिक, बिनिता खड्का सर्वाधिक मतसहित शीर्ष स्थानमा

१७ असोज २०८३, शनिवार
रामेछाप– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछाप जिल्ला महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार विभिन्न १४ विधामा प्रतिनिधिहरू निर्वाचित भएका छन् । सार्वजनिक मतपरिणामअनुसार खुला महिला विधामा बिनिता खड्का सर्वाधिक ८११ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । सोही विधाबाट चिना खड्का कार्कीले ७५९, उर्मिला (कार्की) बस्नेतले ६१६ र एञ्जिला न्यौपानेले ५८१ मत प्राप्त गरी प्रतिनिधिमा निर्वाचित भएका छन् ।
त्यसैगरी, १० जना निर्वाचित हुने खुला विधामा दीपक खड्का सर्वाधिक ७४१ मतसहित निर्वाचित भएका छन् । उक्त विधामा लेखबहादुर कार्कीले ६८४, निरोज खड्काले ६३२, बिनोद कार्कीले ५३९, लवश्री न्यौपानेले ५३३, रामचन्द्र खड्काले ५२८, केशव महतले ५२७, अर्जुनकुमार केसीले ५२१, सुन्दर चालिसेले ५०९ र प्रकाश कटुवालले ४८० मत प्राप्त गरेका छन् ।
समावेशी समूहअन्तर्गत खस आर्य खुला विधाबाट काजीबहादुर खड्का (दिनेश) ८९९ मतसहित निर्वाचित भएका छन् । सोही विधामा कमान खड्का (दिपेन्द्र) ले ५०३ र सुरेश सुवेदीले ४९० मत प्राप्त गरेका छन् । खस आर्य महिला विधाबाट सृजना खड्का ८७८ मत प्राप्त गरी निर्वाचित भएकी छन् ।
आदिवासी जनजाति खुला विधामा नवराज थोकरले ५९४, गेल्जे लामा (शेर्पा) ले ४९९ र राजेशकुमार श्रेष्ठले ३७७ मत प्राप्त गरी निर्वाचित भएका छन् । आदिवासी जनजाति महिला विधामा ज्योति सुनुवार ७८८ मतसहित निर्वाचित भएकी छन् । उक्त विधाबाट कुमारी हायुले ७२५ र रामकुमारी डाँगी श्रेष्ठले ६४७ मत प्राप्त गरेका छन् ।
युवा प्रतिनिधितर्फ ३५ वर्षमुनिको खुला विधाबाट उत्तमकुमार कार्कीले ७०० र बिनोद बुढाथोकीले ५७९ मत प्राप्त गरी निर्वाचित भएका छन् । महिला ३५ वर्षमुनिको विधाबाट ज्ञानु श्रेष्ठ ५८९ मतसहित निर्वाचित भएकी छन् । अन्य लक्षित तथा समावेशी समूहबाट श्रमिकतर्फ बिष्णुकुमार घिसिङले ४४२, पेशागत विज्ञतर्फ इञ्जिनियर नारायणकुमार घिमिरेले ५५२, अपाङ्गता भएका व्यक्तितर्फ गुणराज भट्टराई (आकाश) ले ६७६ र अल्पसंख्यकतर्फ तोरणबहादुर सुनुवारले ५०१ मत प्राप्त गरी प्रतिनिधिमा निर्वाचित भएका छन् ।
यसैगरी, दलित विधाबाट सन्ध्या घतानेले ७३४ मत प्राप्त गरी निर्वाचित भएकी छन् । प्रजातान्त्रिक सेनानी, शहीद परिवार तथा द्वन्द्वपीडित विधाबाट आँधी लामा (सनक) ३९६ मतसहित निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाअन्तर्गत विभिन्न समूहबाट प्रतिनिधि चयन गर्न मतदान सम्पन्न भएको हो । सार्वजनिक मतपरिणामले क्षेत्र नं. १ बाट प्रादेशिक र केन्दिय महाधिवेशन प्रतिनिधिमा निर्वाचित उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

प्रतिकृया दिनुहोस

सर्वाधिक मतसहित निर्वाचित दीपक खड्काद्वारा पत्रकार सम्मेलन

१७ असोज २०८३, शनिवार रामेछाप– नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका पार्टी सचिव तथा नवनिर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि दीपक खड्काले

दोरम्बा शैलुङमा असोज २२ र २३ गते दोस्रो वादो कप कराँते प्रतियोगिता हुने

१६ असोज २०८३, शुक्रवार रामेछाप– रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा स्थानीय खेल प्रतिभाको पहिचान र कराँते खेलको विकास गर्ने उद्देश्यले दोस्रो

उज्यालो नेपालको आधार क्षेत्र रामेछाप होः कुलमान घिसिङ

१६ असोज २०८३, शुक्रवार रामेछाप–  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रामेछापलाई पार्टीको आधार क्षेत्रका रूपमा विकास गर्दै जिल्लाबाटै

↑