सरकारी अस्पतालमा पनि हप्तामा दुई दिन बिदा
५ वैशाख २०८३, शनिवार
रामेछाप – सरकारी अस्पतालहरूमा पनि हप्ताको दुई दिन बिदा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू हुने जानकारी दिएको हो । बिदाका दिन अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बन्द हुन्छ । आकस्मिक र अत्यावश्यक सेवाहरू २४ घण्टा सञ्चालनमा रहने मन्त्रालयले जनाएको छ ।
हप्तामा दुई दिने बिदाका कारण स्वास्थ्य सेवामा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्पतालहरूले सेवा निरन्तर सञ्चालन गर्ने गरी तयारी गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । बिदाका दिनमा बिरामीले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले नजिकका उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्ने तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न समेत मन्त्रालयले अनुरोध गरेको छ । यसैगरी उपलब्ध सेवासम्बन्धी जानकारी अस्पतालका वेबसाइट तथा सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।
बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ
४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त
४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य
कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...
हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल

प्रतिकृया दिनुहोस