• ON AIRतिफदी समाचार
  • हिन्दी गितहरु

माध्यमिक शिक्षा परीक्षा एसईई भोलिदेखिः सम्पूर्ण तयारी पूरा

१८ चैत २०८२, बुधवार
रामेछाप– देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि शुरु हुँदैछ ।  परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।  ती परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र ७ जना अन्य छन् । जापानको एभरेस्ट स्कुलसहित एक हजार ९६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी झण्डै ७३ हजार जनशक्ति परिचालन गरिँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । 
भोलि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा आउँदो २९ गते सकिनेछ । परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडी, विद्युतीय उपकरणलगायत प्रयोग गर्न पाइनेछैन ।

 

प्रतिकृया दिनुहोस

बागमतीमा मन्त्रिपरिषद् विस्तारः ६ मन्त्रीले लिए शपथ

४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेश सरकारमा ६ मन्त्री नियुक्त भई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव नियुक्त मुख्यमन्त्री किरण थापा

बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त

४ भदौ २०८३, बिहिवार रामेछाप– बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापामगर नियुक्त भएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका प्रदेशसभा सदस्य

कसरी घट्यो दोरम्बा हत्याकाण्ड ? घटनामा बाँचेका ललित भन्छन–पाँच कारणले घटना घटयो...

हरि दाहाल ‘ललित’ नेपालमा सामन्तवादका विरुद्ध नेपाली जनता निरन्तर लड्दै आएको इतिहास जीवितै छ । जनविद्रोहबाट नेपाली जनताले ठूला उपलब्धी हासिल

↑