• ON AIR
  • स्टेशन सुभारम्भ

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार
रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर खाँडादेवी  गाउँपालिका–८ भदौरेमा दुर्घटना भएको हो । 
दुर्घटनामा परि २४ वर्षीय दीपेन्द्र भण्डारी, १६ वर्षीय एलिशा भण्डारी र १४ वर्षीय यमुना भण्डारी घाइते भएका छन् । घाइतेहरूलाई थप उपचारको लागी काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
 प्रहरीको अनुसार दीपेन्द्र भण्डारीको छाती र मुखमा चोट लागेको छ भने एलिशा र यमुना भण्डारी दुवैको हातखुट्टामा सामान्य चोटा लागेको छ ।  घाइते दिदी बहिनी एकै परिवारका हुन् । चालक वर्ष २२ का विष्णु भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइ रहेको छ । दुर्घटना भएको सुमो सडकबाट अन्दाजी ३५ मिटर तल खसेको छ ।

 

प्रतिकृया दिनुहोस

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीले जित्यो 

२७ माघ २०८०, शनिवार रामेछाप–  मन्थली नगरपालिकाको आयोजनामा भएको दोस्रो मन्थली नगर कप भलिबल प्रतियोगिता–२०८० को उपाधि वडा नं ७ भटौलीले जितेको छ