• ON AIRSMS_कार्यक्रम लोक लहरी (प्रशान्त हायूको साथमा)
  • स्थानीय समाचार

दोस्रो मन्थली नगर कपको उपाधि भटौलीले जित्यो 

२७ माघ २०८०, शनिवार
रामेछाप–  मन्थली नगरपालिकाको आयोजनामा भएको दोस्रो मन्थली नगर कप भलिबल प्रतियोगिता–२०८० को उपाधि वडा नं ७ भटौलीले जितेको छ । 
शनिवार जिल्ला समन्वय समितिको खेल मैदानमा भएको फाइनल खेलमा वडा नं ७ भटौलीले वडा नं १ मन्थली लाई हराउँदै उपाधि जितेको हो । भटौलीले मन्थली लाई २५–२३,२५–२३ र २५–१९ को सोझो सेटमा हराएको छ । 
विजेता भटौलीले नगद १ लाख सहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने मन्थलीले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । तृतीय स्थान हासिल गरेको वडा नं ८ चिसापानीले नगद ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र जितेको छ । सान्त्वना भएको वडा नं ४ सालुले नगद ३० हजार जितेको छ ।
प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडी, ब्लकर, डिफेन्डर र रेफ्रिलाई ट्रफि, मेडल र नगद प्रदान गरिएको छ । बुधवारबाट मन्थलीमा सुरु भएको भलिबल प्रतियोगितामा १४ वडाका १४ टिम सहभागी थिए । 

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल