• ON AIR
  • स्टेशन सुभारम्भ

नवीन योगी सङ्ग निरा छत्यालको अन्तिम सहकार्य, गीत भोलि रिलिज हुँदै

२९ पुस, २०८० आइतबार 
रामेछाप- सर्जक नवीन योगीको सहकार्यमा स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत माघ १ गते (भोलि) रिलिज हुने भएको छ । स्वर्गीय लोक प्रीय गायिका छन्त्यालको सम्झाना र सम्मान स्वरूप घर हाम्रो खोटाङ् चिसापानि एल्बमको  गीत सोमबार सार्वजानिक हुन लागेको  सर्जक कृष्ण राई बिन्दासले जानकारी दिनुभएको छ । 
सो गीतमा चर्चित गायक तथा सर्जक विनोद ढकाल र स्वर्गीय लोकप्रीय गायिका निरा छन्त्यालले  स्वर दिनु भएको छ ।  नवीन योगीको शब्दमा विनोद ढकालले लय दिएको उक्त गीतमा निर्देशन भने मिलन श्रेष्ठले गरेका छन् । 
सो गीतमा अभिनय रिना गुरुङ , विनोद ढकाल, रवीन्द्र रिमाल र आशिका खातीको रहेको छ ।
सर्जक कृष्ण राई बिन्दासको अनुसार स्वर्गीय गायिका छन्त्यालको प्रथम पुण्य तिथिको दिन सम्मान स्वरूप सो गीत  सार्वजनिक गर्न लागिएको हो । 
छन्त्यालले  गत वर्षको माघ १ गते  काठमाडौँ बाट पोखरा जाँदै गर्दा जहाज दुर्घटनामा परि ज्यान गुमाउनु भएको थियो ।

प्रतिकृया दिनुहोस

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन महोत्सव सुरु हुदैं

२० चैत २०८०, मंगलवार रामेछाप– विहिबारदेखि आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु हुदैंछ । औद्योगिक शान्ति नेपाल संस्था र

वृहत् रामेछाप महोत्सवको आज चौथो दिन यी कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप– “रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका सहित ११ दिन सम्म

वृहत् रामेछाप महोत्सवको आज तेस्रो दिन चर्चित ९ कलाकार आउँदै

२८ पुस २०८०, शनिवार रामेछाप–“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नारा सहित यही पुस २६ देखि