• ON AIRलोक संगम (प्रशान्त हायू)
  • तिफदी समाचार By Rajeeb

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार
रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण बहादुर तामाङ ९कान्छाराम० को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संघका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आ।ब। २०८० र ०८१ को लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
  संघले विभिन्न संघ संस्था तथा अन्य निकायहरूको सहयोगमा २  लाख ५६ हजार ७२५ आम्दानी भएको  प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । सो आम्दानीबाट २ लाख ४६ हजार ६ सय ७९ रुपैयाँ ९० पैसा खर्च कटाएर १० हजार ४५ रुपैयाँ नाफा आर्जन गरेको छ ।
 सभामा प्रमुख अतिथि सङ्घीय सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले  जिल्ला भित्र रहेका सबै सहकारीहरूलाई सङ्घीय सरकारको तर्फबाट गर्नु पर्ने सहयोग दिल खोलेर गर्ने बताउनु भएको छ । उहाँले सहकारीको विकासको लागी जहिले पनि नजिक रहेर काम गर्न तयार रहको बताउनु  भयो । सांसद तामाङले नेपालमा  मल फयाक्टी खोल्न आफूले धेरै कोसिस  गरेता पनि नेपालमा  मल फयाक्टी खोल्न नेचुरअल ग्यास नभएको कारणले सम्भावना नभएको बताउनु भयो । उहाँले नेपालमा मल फयाक्टी खोल्ने आफ्नो सपना पुरा नभएता पनि आर्थिक वर्षमा मलको अभाव हुन नदिने प्रतिवद्धता  व्यक्त गर्नु भएको छ । उहाँले नेपालको लागी आवश्यक मलको टेन्डर हालेर गत वर्ष भन्दा आर्थिक वर्ष अधिराज्य भरी नै मल उपलब्ध गराएरै छाड्ने जिकिर गर्नु भएको छ । 
सांसद तामाङले रामेछाप जिल्लालाई विकाश गर्न शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो घाटोलाई प्राथामीकतामा राखेर यो वर्ष मात्रै अरवौ बजेट  ल्याएको बताउनु भयो । उहाँले रामेछापको विकाशको लागी सबै दलहरूलाई समेटेर लगिएको बताउनु भएको छ । जिल्लाको विकाश समृद्धिको लागी आफूले दलीय हिसाबले बजेट नछुट्याको समेत दाबी गर्नु भयो ।  
सभामा रामेछाप जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष हिमाले ढुङ्गेल, मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द प्रसाद घिमिरे , नवजागरण बचत तथा ऋण सहकारी  संस्थाका अध्यक्ष श्याम थापा लगायतले साकोसको बारेमा आ–आफनो धाराणा राखेको थिए ।  साधारण सभाकै अवसरमा संघले उत्कृष्ट सहरकारीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनुहुनेमा उत्कृष्ट सहकारी अभियन्ता तर्फ जनहित कोष बचत तथा ऋण सहकारी संस्था लि। खिम्तीका मुन्द प्रसाद कँडेल, उत्कृष्ट कर्मचारी तर्फ मन्थली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक भेष बहादुर श्रेष्ठ र उत्कृष्ट सहकारी तर्फ नवजागरण बचत तथा ऋण सहकारी  संस्थाका सचिव सुमेश श्रेष्ठ सम्मानित भएको थिए ।  

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

बजार अनुगमनमा कैफियत भेटिएका ८ सुनचाँदी पसल सहित १ बेकरी उद्योगलाई जरिवाना 

२७ असोज २०८०, शनिवार रामेछाप– मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन