• ON AIRलोक संगम (प्रशान्त हायू)
  • तिफदी समाचार By Rajeeb

बजार अनुगमनमा कैफियत भेटिएका ८ सुनचाँदी पसल सहित १ बेकरी उद्योगलाई जरिवाना 

२७ असोज २०८०, शनिवार
रामेछाप– मुख्य चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको उद्योग वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशन अनुसार मन्थली बजारमा गरिएको अनुगमनले १ बेकरी उद्योग सहित ८ सुनचाँदी पसललाई जरिवाना गरेको छ । रामेछापको सदरमुकाम स्थित मन्थली बजारमा अनुगमनको क्रममा होटेल, कपडा पसल, भाँडाकुँडा, खाद्यवस्तु, पानी र सुनचाँदी पसलहरूमा कैफियत भेटिए पछि सुनचाँदी पसल र  बेकरी उद्योगलाई जरिवाना गराएको हो । 
अनुगमन गरिएको १६ वटा सुनचाँदी पसल मध्य ८ वटा सुनचाँदी पसलमा कैफियत देखिए पछि १० हजारको दरले र बेकरी उद्योगलाई १० हजार गरी ९० हजार रुपैया जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय मन्थली रामेछापको प्रतिवेदानमा उल्लेख गरिएको छ । 
गुणस्तर तथा नापतौल विभागका विज्ञ रुपेश कुमार सिंह र जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव सुवोध कुमार शाह कर्मयोगी सहितको टोलिले अनुगमनको क्रममा कैफियत भेटिएका सुनचाँदी पसल मध्य न्यु सनराइज ज्वेलर्स, कालिका सुनचाँदी पसल,  मनकामना सुनचाँदी पसल,  ओम शिवशक्ति सुनचाँदी पसल, श्री कृष्ण सुनचाँदी पसल, दिपल्क्षमी सुनचाँदी पसल, माया ज्वेलर्स र शम्भु सुनचाँदी पसलमा कैफियत देखिएकाले प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन. २०७६ को दफा ६० को खण्ड क बमोजिम दफा ६१ को उपदफा  १ को खण्ड क, ख, ग, घ, ङ बमोजिम १०÷१० हजार  रुपैयाँ जरिवाना गराएको छ । 
त्यस्तै, अनुगमन गरिएका होटलहरुमा किचेनमा काम गर्ने व्यक्तिले एप्रोन र हेड नेटको प्रयोग र हात धुने ठाउँमा हाण्डवासको प्रयोग गर्न निर्देशन दिएको छ भने पानिको जारको पानी विक्री गर्दा क्याप सिल भएको जार मात्र विक्री गर्न र उत्पादन मिति उल्लेख भएको सामान मात्र खरिद गर्न निर्देशन दिइएको छ । 
चटपटे पसललाई पेपर प्लेटमा वा टपरीमा मात्र बिक्री गर्न र लेबल नभएको खाद्य सामाग्री विक्री वितरण नगर्न निर्देशन दिएको छ । अनुगमनको क्रममा अधिकांश पसलहरूमा नवीकरण नगरिएको र गुणस्तर तथा नापतौल विभागबाट अनुमति नलिएको ढक तराजु भेटिएकाले नवीकरण नभएकाले नवीकरण ७ दिन भित्र गरि सक्न र ईलिगल रूपमा प्रयोग हुदै आएको ढक तराजुलाई जफत गरिएको छ । 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण