• ON AIR

रामेछाप कारागारले तिर्न सकेन विद्युत महसुल

माघ ४,रामेछाप– जिल्ला कारागार रामेछापले कार्यालयमा प्रयोग गरेको विद्युतको महसुल तिर्न नसक्दा विद्युत लाइन काटिने भएको छ । आर्थिक वर्ष २०७४/०७५ र चालु आर्थिक वर्षको सुरु देखि नै हाल सम्म करिब ८ लाख बराबर विद्युत महसुल बुझाउन नसकेको कारण कारागारको लाइन काटिन लागेको हो । गत आर्थिक वर्ष देखिकै रकम बाँकी रहेको र बुझाउनको लागि अनुरोध गर्दा समेत महसुल नबुझाइएको कारण पत्रचार नै गरेर लाइन काट्नु पर्ने बाध्यता आएको नेपाल विद्युत प्राधिकरण रामेछापका प्रमुख विनोद अधिकारीले बताए । तत्काल बाँकी रहेको महसुल नबुझाए जुनसुकै समयमा पनि विद्युत लाइन काटिने जानकारी सहित कारागारलाई पत्रचार गरेको प्रमुख अधिकारीले वताए ।


उता जिल्ला कारागारमा बजेट नभएको कारण विद्युत महसुल बुझाउन नसकिएको जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख प्रमोद अधिकारीले बताए । बजेट अभाकै कारण खानेपानी र औषधी लगाएतको विल समेत तिर्न नसकिएको अधिकारीको भनाई छ । विद्युतको लागि भनेर वार्षिक २ लाख र खानेपानीको लागि २ लाख मात्र आउने गरेकोले कार्यालयमा हुने खर्चको सबै रकम तिन नसकिएको कारागार प्रमुख अधिकारले बताए ।


कारागारमा विद्युत प्रयोग गरे बापत मासिक १ लाख र खानेपानीको ४५/५० हजारको विल उठ्ने उनले बताए । कार्यालयमा खर्च अभाव भएको कुरा कारागार व्यवस्थापन विभागमा पटक–पटक जानकारी गराउँदा समेत सुनुवाई नभएको प्रमुख अधिकारीको भनाई छ । कारागारको समस्यालाई विभागले तत्काललै समधान नगरे कारागारमा ठूलो असर पर्ने प्रमुख अधिकारीले बताए ।
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण