च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना र लिभरपुल बिजयी
कात्तिक ८,काठमान्डौ– युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति लिभरपुल र बार्सिलोना विजयी भएका छन् । समूह सी को खेलमा इङ्लिस क्लब लिभरपुलले सर्वियाको रेडस्टार बेलग्रेडलाई ४–० ले हरायो ।लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन मोहोमद सालाहले दुई गोल गर्दा रोबर्टो फर्मिनो र सादियो मानेले एक–एक गोल गरे ।
यही समूहको अर्को खेलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पिएसजीले ईटालीको नापोलीसँग २–२ गोलको बराबरी खेल्यो ।च्याम्पियन्स लिगकै अर्को खेलमा स्पेनको बार्सिलोनाले ईटालीको ईन्टर मिलानलाई २–० ले पराजित ग¥यो । लियोनल मेस्सी बिनाको बार्सिलोनालाई विजयी गराउन राफिन्हा र योर्डी अल्बाले एक एक गोल गरे ।समुह बी कै अर्को खेलमा इङ्ल्यान्डको टोटनह्याम हट्सपरले नेदरल्याण्ड्सको पि.एस.भि सँग २–२ गोलको बराबरीमा चित्त बुझायो ।
यसैगरी समुह ए को खेलमा जर्मनीको बोरुसीया डर्टमण्डले स्पेनको एथ्लेटिको मड्रिडलाई ४–० ले हराउँदा फ्रान्सको मोनाको र बेल्जियमको क्लब ब्रुजले १–१ गोलको बराबरी खेलेका छन् ।
रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते
२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर
‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता
१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको
वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता
१८ फागुन २०८०, शुक्रवार रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल
प्रतिकृया दिनुहोस