• ON AIRलोक संगम
  • तिफदी समाचार

ग्रामिण बचतको नाफा १ लाख ३३ हजार 

असोज–२०,रामेछाप– रामेछाप सदरमुकामबाट सञ्चालित ग्रामिण बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्षमा १ लाख ३३ हजार ४ सय पचासी रुपैया नाफा कमाएको छ । शनिबार सदरमुकामा मन्थलीमा सम्पन्न संस्थाको आठौ साधारण सभाका अबसरमा सो जानकारी गाराईएको हो । साधारण सभामा सचिब जीबन श्रेष्ठले संगठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो,जुन साधारण सभाले पास गरेको छ । संस्थाका ब्यवस्थापक कुमार श्रेष्ठले हाल सम्म ७३४ शेयर सदस्यहरुबाट प्राप्त रकमले ३ करोड ३२ लाख नौ सय बैसठी रुपैया को कारोवर गरको जनाउनुभयो । 


कार्यक्रमका अबसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्का, खाँडादेवी गाउपालिका अध्यक्ष प्रेम बहादुर तमाङ्ग, मन्थली नगरपालिका वडा नंं १ का अध्यक्ष नारायण दाश श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष गोबिन्द प्रसाद घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि लक्ष्मण भुजेल,युवा स्वरोजगार का प्रतिनिधि कुमार श्रेष्ठ लगाएतले शहकारीको बिकास का लागि सबैजना लागिपर्नु पर्ने कुरालाई जोड दिनुभयो ।  


साधारण सभाले अध्यक्ष, उपाध्यक्ष सचिब कोषाध्क्ष र सदस्यमा क्रमश जीबन कुमार श्रेष्ठ, सृजना बस्नेत,  दिपक केशी , उत्तर बहादुर भण्डारी  र सुमित श्रेष्ठ  लाई निर्बिरोध चयन गरेको छ । सो अबसरमा असल बचतकर्ता,असल ऋणि, असल जेष्ठ नागरिक, असल बाल बचत कर्ता लाई समेत सम्मान गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण