• ON AIR

लगानी तथा प्रविधि आकर्षणमा चीनले सहयोग बढाउने

भदौ ३१, काठमाडौं– नेपालका लागि चीनका राजदूत यू होङले नेपालमा प्रविधि तथा लगानी विस्तारमा जोड दिने बताएकी छन् । नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्वअध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघ–सार्क उवासंघको प्रतिनिधिमण्डलसँगको भेटमा लगानी र प्रविधि हस्तान्तरणका विषयमा चीन सधैं उत्सुक रहेको बताइकी हुन् । 


सो अवसरमा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालले आगामी सोमबारबाट चीनको छेङदुमा, छेङदु एसोसिएसन फर फोरेन ट्रेड एन्ड इकोनोमिक को अपरेसनले आयोजना गर्ने दक्षिण एसिया, उत्पादन क्षमता अभिवृद्धि सहयोग संवाद हुने जानकारी गराए । असोज मंगलबार अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया“ परिषद् सिचुवान काउन्सिलले सिचुवानमा आयोजना गर्न लागेको नवौ चीन–दक्षिण एसिया व्यवसायिक प्रवद्र्धनसम्बन्धी राउन्ड टेबल कार्यक्रममा नेपालको तर्फबाट हुन लागेको सहभागिताका विषयमा राजदूतसमक्ष जानकारी गराएका छन् । 

 

दुवै कार्यक्रम नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको र नेपालबाट ऊर्जा, पूर्वाधार निर्माण, कृषि, सूचना प्रविधि, औषधि, बैंक, बिमा तथा वित्त, शिक्षा, स्वास्थ्य, पर्यटन, होटललगायत महत्वपूर्ण क्षेत्रको प्रतिनिधित्व हुने भएकाले कार्यक्रमका क्रममा यी क्षेत्रमा नेपालमा संयुक्त लगानी आउन सक्ने र म्याच मेकिङको पनि राम्रो सम्भावना रहेको उनले बताए । कार्यक्रममा भाग लिन ढकालको नेतृत्वमा महासंघका उपाध्यक्षहरू किशोरकुमार प्रधान, उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाल सहितको १६ सदस्यीय महासंघ–सार्क उवासंघ प्रतिनिधिमण्डल आगामी आइतबार छेङदु प्रस्थान जाँदै छ । 


सो अवसरमा चिनिया“ राजदूत यूले नेपाली निजी क्षेत्रको भ्रमणको पूर्ण सफलताको कामनासहित आफ्ना तर्फबाट नेपाल चीन बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग गर्ने प्रबिद्धता जनाइन् ।

प्रतिकृया दिनुहोस

सुनको भाउ अहिले सम्मकै उच्च, तोलाको १ लाख ३६ हजार नाघ्यो 

२६ चैत २०८०, सोमवार रामेछाप– सुनको भाउ अहिले सम्मकै उच्च भएको छ । छापावाला सुन आज तोलामा ६ सयले वृद्धि भएर १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भएको

१४ किलो सुन बरामद भएकोबारे छानबिन गर्न समिति गठन 

२२ मंसिर २०८०, शुक्रवार रामेछाप– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन गरेको छ । प्रमुख भन्सार

रामेछाप जिल्ला सहकारी संघ लि. को छैटौँ वार्षिक साधारण सभा सम्पन्न

१८ कार्तिक २०८०, शनिवार रामेछाप– रामेछाप जिल्ला सहकारी संघ  लि. मन्थलीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार सङ्घीय सांसद पूर्ण