• ON AIRलोक संगम
  • तिफदी समाचार

१८ औँ एसियाली खेलकुद प्रतियोगिता आज सकिँदै 

भाद्र १७,काठमाडौं –  ईण्डोसियामा जारी १८ औँ एसियाली खेलकुद प्रतियोगिता आज सकिँदैछ । जेलोरा बुङ कार्नोमा स्थानीय समयअनुसार साँझ आयोजना हुने भब्य समारोहमा एसियाडमो समापन गरिने छ । ४५ देशले सहभागिता जनाएको एशियन गेम्समा नेपालले एक रजत हात पारेको छ । प्याराग्लाईडिङ तर्फ रजत जितेको हो । विजय गौतम, विशाल थापा, युकेश गुरुङ्ग, शुसिल गुरुङ्ग, विमल अधिकारीलेको टोलीले पुरुष क्रस कन्ट्रितर्फ रजत जितेको हो । कुल २९ खेलमा सहभागीता जनाएको नेपालका अन्य खेलाडि भने पदक विहिन रहे ।१८ औं एसियाडमा चाईनाले सबैभन्दा धेरै १ सय ३२ स्वर्ण जितेको छ । कुल २ सय ८९ पदक जितेको चाईनाले ९२ रजत, ५४ कास्य पदक जितेको छ । जापान कुल २ सय ४ पदक जित्दै पदक तालिकामा दोश्रो स्थानमा रहन सफल भएको छ । जापानले ७४ स्वर्ण, ५६ रजत र ७४ कास्य जितेको छ । पदक तालिकाको तेश्रो स्थानमा साउथ कोरिया, चौथोमा ईण्डोनेसिया र पाचौंमा उज्वेकिस्तान रहेका छन् । सन् २०२२ को एसियाड चाईनाको हाङझाउमा हुनेछ ।

प्रतिकृया दिनुहोस

रामेछापको खाँडादेवीमा सुमो दुर्घटना, ३ जना घाइते

२५ चैत २०८०, आइतबार रामेछाप– रामेछापको भदौरेमा सुमो दुर्घटना भएको छ । पिङ्गखुरीबाट काठमाडौँ तर्फ जाँदै गरेको ना १ ज ५६२६ नम्बरको सुमो ब्रेक फेल भएर

‘दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीले जित्यो, लिभुरा क्लब उपविजेता

१२ चैत २०८०, सोमवार रामेछाप– लिखु भुजी रामेछाप युवा क्लब ९एलबीआरवाईसी०ले‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ । काठमाडौंको

वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई, नेपाल उपविजेता

१८ फागुन २०८०, शुक्रवार  रामेछाप– वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डन जितेको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल